औषधिको लेबलमा रातो धर्का राख्न विभागको निर्देशन | Khabarhub Khabarhub

औषधिको लेबलमा रातो धर्का राख्न विभागको निर्देशन


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एन्टीबायोटिक औषधिको लेबलमा रातो धर्का (डलाइन) राख्ने व्यवस्था पालना गर्न औषधि उद्योगहरूलाई औषधि व्यवस्था विभागले निर्देशन दिएको छ ।

विभागले एक सूचना जारी गर्दे सबै किसिमको एन्टीबायोटिक औषधिमा रातो धर्का राख्ने व्यवस्थाको पालना गर्न निर्देशन दिएको हो । एन्टीबायोटिक (प्रति जैविक) औषधिहरूको अधिक प्रयोग, न्यून तथा अनावश्यक प्रयोगले उत्पन्न हुने प्रति जैविक प्रतिरोध एन्टीबायोटिक रेसिस्टेन्टलाई न्यूनीकरण गर्न एन्टीबायोटिक औषधिको प्याकिङ्गको लेबलमा रातो धर्का लगाउनुपर्ने अभ्यास रहेको विभागले जनाएको छ । 

यसअघि औषधि सल्लाहकार समितिको सिफारिसमा विभागले गत वर्ष भदौ ११ गते एन्टीबायोटिक औषधिको प्राइमरी र सेकेण्डरी प्याकिङ्गको लेबलमा धर्का राख्ने सूचना निकोलेको थियो । तर रातो धर्का सम्बन्धी व्यवस्था कम्पनी र उत्पादन अनुसार समान नरहेको विभागद्वारा जारी सूचनामा उल्लेख छ । आम उपभोक्तालाई पनि पहिचान गर्न असहज भएको गुनासो आएपछि विभागले पुनः सूचना जारी गरी उत्पादक तथा आयातकर्ता सबैलाई रातो धर्का राख्ने व्यवस्था पालना गर्न निर्देशन दिएको हो । 

एन्टीबायोटिक औषधिहरू चिकित्सकको सिफारिसमा मात्र बिक्री वितरण गर्न विभागले आग्रह गरेको छ । चिकित्सकको सिफारिस बिना उक्त औषधिहरू बिक्री वितरण गरेको पाइएमा कानून बमोजिम कारबाही समेत गरिने सूचनामा उल्लेख छ ।

 ‘यदी कसैले कानून बर्खिलाप चिकित्सकको सिफारिस बिना उक्त औषधिहरू बिक्री वितरण गरेको पाइएमा कानून बमोजिम कारबाही गरिने ब्यहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ ।’ सूचनामा भनिएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  १ : २४ बजे

किसानलाई सयपत्री टिप्न भ्याइनभ्याइ (तस्बिरहरू)

काठमाडौं– तिहार सुरू भएसँगै काठमाडौंको सेतो गुम्बा क्षेत्रका किसानहरू फूल

रोकिएन रास्वपाको किचलो, सचिवालय विस्तारप्रति तोसिमाको गम्भीर आपत्ति

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा पछिल्लो समय देखिएको किचलो

आन्दोलनरत नर्सका माग सम्बोधन गर्न समिति गठन 

काठमाडौं– सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन

वीरगञ्जमा झिलीमिली बत्ती लगाउँदा करेन्ट लागेर एकको मृत्यु

वीरगञ्ज– वीरगञ्ज महानगर–१ छपकैयाका १७ वर्षीय युवाको घरमा झिलीमिली बत्ती लगाउने

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा छ करोड १० लाख सङ्कलन

काठमाडौं– गत भदौ २३ र २४ गतेको जेन-जी प्रदर्शनका क्रममा आगजनी