औषधिको लेबलमा रातो धर्का राख्न विभागको निर्देशन « Khabarhub

औषधिको लेबलमा रातो धर्का राख्न विभागको निर्देशन


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एन्टीबायोटिक औषधिको लेबलमा रातो धर्का (डलाइन) राख्ने व्यवस्था पालना गर्न औषधि उद्योगहरूलाई औषधि व्यवस्था विभागले निर्देशन दिएको छ ।

विभागले एक सूचना जारी गर्दे सबै किसिमको एन्टीबायोटिक औषधिमा रातो धर्का राख्ने व्यवस्थाको पालना गर्न निर्देशन दिएको हो । एन्टीबायोटिक (प्रति जैविक) औषधिहरूको अधिक प्रयोग, न्यून तथा अनावश्यक प्रयोगले उत्पन्न हुने प्रति जैविक प्रतिरोध एन्टीबायोटिक रेसिस्टेन्टलाई न्यूनीकरण गर्न एन्टीबायोटिक औषधिको प्याकिङ्गको लेबलमा रातो धर्का लगाउनुपर्ने अभ्यास रहेको विभागले जनाएको छ । 

यसअघि औषधि सल्लाहकार समितिको सिफारिसमा विभागले गत वर्ष भदौ ११ गते एन्टीबायोटिक औषधिको प्राइमरी र सेकेण्डरी प्याकिङ्गको लेबलमा धर्का राख्ने सूचना निकोलेको थियो । तर रातो धर्का सम्बन्धी व्यवस्था कम्पनी र उत्पादन अनुसार समान नरहेको विभागद्वारा जारी सूचनामा उल्लेख छ । आम उपभोक्तालाई पनि पहिचान गर्न असहज भएको गुनासो आएपछि विभागले पुनः सूचना जारी गरी उत्पादक तथा आयातकर्ता सबैलाई रातो धर्का राख्ने व्यवस्था पालना गर्न निर्देशन दिएको हो । 

एन्टीबायोटिक औषधिहरू चिकित्सकको सिफारिसमा मात्र बिक्री वितरण गर्न विभागले आग्रह गरेको छ । चिकित्सकको सिफारिस बिना उक्त औषधिहरू बिक्री वितरण गरेको पाइएमा कानून बमोजिम कारबाही समेत गरिने सूचनामा उल्लेख छ ।

 ‘यदी कसैले कानून बर्खिलाप चिकित्सकको सिफारिस बिना उक्त औषधिहरू बिक्री वितरण गरेको पाइएमा कानून बमोजिम कारबाही गरिने ब्यहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ ।’ सूचनामा भनिएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  १ : २४ बजे

रामकृष्णको ‘मालती मंगले’ हेर्न पुगे रवि

ललितपुर- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आफ्ना

वैतेश्वरले गर्‍यो सामुदायिक स्वास्थ्य कार्यक्रममा सम्झौता 

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले ग्रामीण र कुनाकाप्चाका आफ्ना नागरिकलाई घरदैलोमै

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिया खेलकुद छनोट तथा एसीसी

अर्थमन्त्रीको पहलमा चार विद्यालयलाई ‘स्मार्ट बोर्ड’

दमौली– अर्थमन्त्री डा स्वर्णिम वाग्लेको पहलमा तनहुँको आँबुखैरेनी गाउँपालिकाका चार