बाबर र रिजवानलाई पाकिस्तानको टी-२० टिमबाट हटाइयो « Khabarhub

बाबर र रिजवानलाई पाकिस्तानको टी-२० टिमबाट हटाइयो


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानले बाबर आजम र मोहमद रिजवानलाई टी-२० टिमबाट बाहिर राखेको छ । यही मार्च १६ देखि हुने न्यूजील्याण्डविरुद्धको सिरिजका लागि पाकिस्तानले आजम र रिजवानलाई टी-२० सिरिजबाट ड्रप गरेको हो ।

टी(२० टिमका लागि पाकिस्तानले सलमान अली आगालाई कप्तान बनाएको छ । पाकिस्तान क्रिकेट बोर्डले मोहम्मद रिजवानलाई एकदिवसीय कप्तानको रूपमा निरन्तरता दिएको छ । आइसीसी च्याम्पियन्स ट्रफीमा खराब प्रदर्शनपछि पनि रिजवानलाई एकदिवसीय कप्तानको रूपमा निरन्तरता दिइएको हो ।

त्यस्तै तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीलाई एकदिवसीय टिमबाट हटाइएको छ । त्यस्तै टी(२० को कप्तान बनाइएका आगाले एकदिवसीय खेलहरुमा उपकप्तानको भूमिका निभाउने बोर्डले जनाएको छ ।

सलमान अली आगा (कप्तान), शादाब खान (उपकप्तान), अब्दुल समद, अबरार अहमद, हरिस रउफ, हसन नवाज, जहानद खान, खुशदिल शाह, मोहम्मद अब्बास अफ्रिदी, मोहम्मद अली, मोहम्मद हरिस, मोहम्मद इरफान खान, ओमेर बिन युसुफ, शाहीन शाह अफ्रिदी, सुफियान खान, उसमान खान ।

मोहम्मद रिजवान (कप्तान), सलमान अली आगा (उपकप्तान), अब्दुल्ला शफिक, अबरार अहमद, अकिफ जावेद, बाबर आजम, फहीम अशरफ, इमाम(उल(हक, खुशदिल शाह, मोहम्मद अली, मोहम्मद वसीम जुनियर, मोहम्मद इरफान खान, नसीम शाह, सुफयान मोकिम र ताब्यान मोकिम ।

न्यूजील्याण्ड टूरका क्रममा पाकिस्तानले ५ टी-२० र ३ एकदिवसीय खेलको सिरिज खेल्ने छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ४ : ४९ बजे

गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु

गोरखा – पर्याप्त पानी नपर्दा तल्लो भेगमा धान रोपाइँले गति

फेरिए भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशक

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतका भन्सार विभाग र आन्तरिक राजस्व विभागका

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी

ड्रागनफलमा ढुसीजन्य रोगको सङ्क्रमण, उत्पादनमा गिरावट

चितवन – चितवनमा व्यावसायिक रूपमा खेती गरिएको ड्रागन फल (सिउँडी

थप २४८ जना सहकारीपीडितले पाए रकम

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना