नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो अधिवेशन आगामी चैतमा | Khabarhub Khabarhub

नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो अधिवेशन आगामी चैतमा


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल उद्योग तथा व्यवसायी महासङ्घले आगामी चैत ८ र ९ गते अधिवेशन गर्ने भएको छ । महासङ्घले काठमाडौँमा मुलुकभरका दुई हजार बढी उद्योगी–व्यवसायीको सहभागितामा अधिवेशन गर्ने भएको हो ।

अधिवेशनले महासङ्घको नयाँ कार्यसमिति चयन गर्ने जनाएको छ । यसअघि महासङ्घको विधानअनुसार २९९ सदस्यीय कार्यसमिति र १७ सदस्यीय पदाधिकारी रहँदै आएकामा अब १५१ सदस्यीय कार्यसमिति र नौ सदस्यीय पदाधिकारी रहनेछन् । जसमा अध्यक्ष, महिलासहित दुई उपाध्यक्ष, महासचिव, उपमहासचिव, सङ्गठन, प्रचार विदेश र कोष हेर्नेगरी क्षेत्र तोकेरै चारजना सचिव रहने जनाइएको छ । 

महासङ्घले अधिवेशनका अवसरमा औद्योगिक प्रदर्शनी पनि गर्ने भएको छ । मुलुकभित्र रहेका घरेलु, साना मझौलादेखि ठूला उद्योगबाट उत्पादित वस्तुहरुको बजारीकरण गर्न औद्योगिक प्रदर्शनी गर्न लागिएको महासङ्घका संयोजक भागिरथ सापकोटाले जानकारी दिए। 

‘लामो समयको आर्थिक मन्दीका कारण अहिले उद्योगी–व्यवसायीको मनोबल खस्किँदो अवस्थामा छ’, उनले भने, ‘औद्योगिक वातावरण निर्माण गर्दै देशभित्र आर्थिक गतिविधि चलायमान बनाउने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको हो ।’

 प्रदर्शनी दुई दिनसम्म चल्नेछ । प्रदर्शनीमा पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका उद्योगी–व्यवसायीले उत्पादन गरेका वस्तुहरु रहने मेला उपसमितिका संयोजक गोपाल खनालले जानकारी दिए । 

‘मेलामा साना, घरेलुदेखि मझौला र ठूला गरी १०० बढी प्रदर्शनीकक्ष रहनेछन्’, उनले भने, ‘जहाँ कर्णालीमा पाइने जिम्बु, यार्सा, सिलाजितदेखि पूर्वको छुर्पी, अलैँचीदेखि चिया कफीसम्म उपलब्ध हुनेछ ।’

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ५ : ३२ बजे

अस्ट्रेलियालाई हराउँदै भारत च्याम्पियन्स ट्रफीको फाइनलमा

काठमाडौं – आईसीसी च्याम्पियन्स ट्रफीमा अस्ट्रेलियालाई हराउँदै भारत फाइनलमा प्रवेश

पाल्पाको जङ्गलमा डढेलो

पाल्पा । जिल्लाको रिब्दीकोट गाउँपालिका– १ ख्याहा मधुवन सामुदायिक वन

नेमकिपाको अध्यक्षमा पुनः बिजुक्छे सर्वसम्मत चयन

भादगाउँ – नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को अध्यक्षमा पुनः नारायणमान

प्रधानमन्त्री कप क्रिकेट : कैलाली फाइनलमा प्रवेश

बैतडी – प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम

अफगानिस्तानको यू–१९ क्रिकेट टिम नेपाल टूरमा आउदै

काठमाडौं – अफगानिस्तानको यू–१९ क्रिकेट टिम नेपाल टूरमा आउने भएको