मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह फागुन २३ गते  | Khabarhub Khabarhub

मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह फागुन २३ गते 


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– मध्यपश्चिम विश्वविद्यालयले आफ्नो तेस्रो दीक्षान्त समारोह आगामी फागुन २३ गते शुक्रबार आयोजना गर्ने भएको छ । विश्वविद्यालयले मंगलबार पत्रकार सम्मेलन गर्दै आफ्नो तेस्रो दीक्षान्त समारोह फागुन २३ गते शुक्रबार बिहान ११ बजे सुर्खेतस्थित केन्द्रीय प्रशासनिक भवन परिसर कुइनेपानीमा गर्ने जनाएको छ । 

२०६७ सालमा स्थापना भएको मध्यपश्चिम विश्वविद्यालयमा हाल तीन हजार आठ सय ४१ जना विद्यार्थी अध्ययनरत छन् । तीमध्ये आठ सय ८५ जना विद्यार्थीले दीक्षान्त समारोहमा प्रत्यक्ष रूपमा सहभागिता जनाउने विश्वविद्यालयले जनाएको छ । 

विभिन्न संकायका स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहका विद्यार्थीलाई दीक्षित गरिनेछ । समारोहको अध्यक्षता विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली गर्नेछन् भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा विश्वविद्यालयका सहकुलपति विद्या भट्टराईको समुपस्थितिमा कार्यक्रम सम्पन्न हुने विश्वविद्यालयले जनाएको छ ।

समारोहमा प्रमुख अतिथिका रूपमा सिक्किम केन्द्रीय विश्वविद्यालयका संस्थापक उपकुलपति तथा जवाहरलाल नेहरू विश्वविद्यालय भारतका प्रा. डा. महेन्द्र पी. लामाको समेत उपस्थित हुनेछन् । दीक्षान्त समारोहमा उत्कृष्ट विद्यार्थीहरूलाई विशेष सम्मान प्रदान गरिनेछ । स्नातकोत्तर तहमा सर्वोत्कृष्ट भएका तीन जना विद्यार्थीलाई कुलपति पदक र स्नातक तहमा उत्कृष्ट तीन जनालाई उपकुलपति पदक प्रदान गरिने विश्वविद्यालयले जनाएको छ ।

त्यस्तै, स्नातकोत्तर तहका ११ जना र स्नातक तहका १८ जना गरी ३५ जना विद्यार्थीले प्रमाणपत्रसहित विशेष पदक प्राप्त गर्नेछन् । विश्वविद्यालयका अनुसार मानविकी तथा सामाजिक विज्ञान, शिक्षाशास्त्र, व्यवस्थापन, विज्ञान तथा प्रविधि, इञ्जिनियरिङ, कृषि तथा पत्रकारिता संकायका विद्यार्थीहरु दीक्षित हुनेछन् ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ६ : ४० बजे

अस्ट्रेलियालाई हराउँदै भारत च्याम्पियन्स ट्रफीको फाइनलमा

काठमाडौं – आईसीसी च्याम्पियन्स ट्रफीमा अस्ट्रेलियालाई हराउँदै भारत फाइनलमा प्रवेश

पाल्पाको जङ्गलमा डढेलो

पाल्पा । जिल्लाको रिब्दीकोट गाउँपालिका– १ ख्याहा मधुवन सामुदायिक वन

नेमकिपाको अध्यक्षमा पुनः बिजुक्छे सर्वसम्मत चयन

भादगाउँ – नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को अध्यक्षमा पुनः नारायणमान

प्रधानमन्त्री कप क्रिकेट : कैलाली फाइनलमा प्रवेश

बैतडी – प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम

अफगानिस्तानको यू–१९ क्रिकेट टिम नेपाल टूरमा आउदै

काठमाडौं – अफगानिस्तानको यू–१९ क्रिकेट टिम नेपाल टूरमा आउने भएको