अमेरिका-युक्रेन फेरि वार्ताको सम्भावना | Khabarhub Khabarhub

अमेरिका-युक्रेन फेरि वार्ताको सम्भावना

‘ब्याक च्यानल’ प्रयोग गर्दै ट्रम्प


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


897
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग वार्ताका लागि प्रयास थालेका छन्।

भनाभनको स्थिति बनेपछि शुक्रबार युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँगको वार्ता बिथोलिएको थियो। अघिल्लो वार्तामा तनाव भएपछि ट्रम्पले फेरि जेलेन्स्कीसँग वार्ताका लागि प्रयास गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले खबर लेखेका छन्।

जेलेन्स्कीसँगको वार्ताका लागि ट्रम्पले ‘ब्याक च्यानल’बाट प्रयास गरेको सिएनएनले समाचारमा उल्लेख गरेको छ।

स्थायित्वका लागि युक्रेनसँगको सम्बन्ध सुमधुर बनाउनु आवश्यक रहेको ठहर गर्दै राष्ट्रपति ट्रम्पको संसद्लाई सम्बोधन हुनु अगाडि नै सो प्रयास थालेका हुन्।

यसै प्रयासको परिणाम स्वरूप सोमबार युक्रेनी राष्ट्रपति जेलेन्सकीले सामाजिक सञ्जालमा शुक्रबार ओभलमा भएको घटना बिर्सन लायक भएको भन्दै लेखेका छन्। ट्रम्पले संसद्लाई सम्बोधन गरेपछि यसका लागि थप प्रयास हुने समाचारमा उल्लेख छ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ७ : ५८ बजे

बागमती प्रदेशमा आइतबार सार्वजनिक बिदा

काठमाडौं – बागमती प्रदेश सरकारले आगामी साउन २५ गते गाईजात्रा

भोजपुरको टक्सारमा लाखेजात्रा

भोजपुर – भोजपुरको टक्सारमा लाखेजात्रा विधिवत् सुरु भएको छ ।

जालन्धर भुसाल बने कैलाली कारागारको नयाँ जेलर

धनगढी – शनिबार राति भएको झडपपछि कैलाली कारागारको नेतृत्वमा परिवर्तन

एनपीएल अक्सन : पहिलो चरणमा २६ खेलाडी अनुबन्ध, काठमाडौंको मात्रै कोटा पूरा

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को मिनी अक्सनको

धारा सुकेपछि दमकलबाट पानी वितरण गर्दै चन्द्रपुर नगरपालिका

रौतहट – जिल्लाको चन्द्रपुर नगरपालिका–२ जुडिबेलामा असारको महिनामा पनि खानेपानीको