संसद् सचिवालयको तर्क- स्वतन्त्रताको नाममा पत्रकारले उत्तेजना फैल्याउने होइन | Khabarhub Khabarhub

संसद् सचिवालयको तर्क- स्वतन्त्रताको नाममा पत्रकारले उत्तेजना फैल्याउने होइन


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत फागुन ४ गतेको संसद् बैठकबाट बाहिरिँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘हिटलर’ र ‘तानाशाह’को संज्ञा दिएका दुईजना युट्युबर कारबाहीमा परेका छन् ।

संघीय संसद् सचिवालयबाट प्रेस पास लिएका सञ्चारकर्मीद्वय किशोर श्रेष्ठ र प्रकाश ओलीले प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दा पत्रकार आचारसंहिताको गम्भीर उल्लंघन गरेकाले उनीहरूलाई एक महिनाका लागि प्रवेशमा रोक लगाइएको हो ।

संघीय संसद् सचिवायले युवामन नेपालका श्रेष्ठ र सुनौलो नेपालका ओलीको संसद्‍ प्रवेश पास निलम्बनका क्रममा प्रेस स्वतन्त्रताको पनि मर्यादा राख्नुपर्ने उल्लेख गरेको छ ।

‘संविधानले प्रत्याभूत गरेको स्वतन्त्र प्रेसको मर्यादा कायम राख्नु प्रत्येक पत्रकारको कर्तव्य हो’, सचिवालयले भनेको छ, ‘तथापि, पत्रकार श्रेष्ठ र ओलीले पत्रकारिताका मापदण्डविपरीत गैरजिम्मेवारपूर्ण र आपत्तिजनक शब्दावली प्रयोग गरी सम्माननीय प्रधानमन्त्रीलाई ‘तानाशाह’ र ‘हिटलर’ जस्ता विशेषणले सम्बोधन गरेका छन् ।’

संसद् सचिवालयले सञ्चारकर्मीको यो कार्य समाजका लागि हानीकारक हुने जनाएको छ। ‘सञ्चारकर्मीको यो क्रियाकलापले प्रेस स्वतन्त्रताको नाममा अनावश्यक उत्तेजना फैलाउने, सार्वजनिक पदाधिकारीको गरिमा हनन गर्ने र पत्रकारिताको नैतिकता भंग गर्ने कार्य भएको देखिन्छ’, सचिवालयले बुधबार भनेको छ।

पत्रकार आचारसंहिता, २०७३ अनुसार पत्रकारले निष्पक्ष, जिम्मेवार, मर्यादित र तथ्यमा आधारित प्रश्न उठाउनु आवश्यक हुने पनि संसद् सचिवालयले भनेको छ ।

‘तर, सार्वजनिक पदमा रहेका व्यक्तिलाई कटाक्षपूर्ण र अपमानजनक शब्दावली प्रयोग गरी गरिएको सोधपुछ पत्रकारिताको सिद्धान्तविपरीत देखिएको छ’, अगाडि भनिएको छ, ‘यसले पत्रकारिता पेशाकै विश्वसनीयतामाथि प्रश्न उठ्ने स्थिति सिर्जना गरेको छ ।’

सचिवालयले संसद् रिपोर्टिङ गर्ने सञ्चारकर्मीहरू झन् बढी जिम्मेवार हुनुपर्ने भनेको छ । ‘उनीहरूले लोकतान्त्रिक प्रणालीको महत्वपूर्ण संस्थाको गतिविधिलाई आम जनतासम्म पुर्‍याउने भूमिका खेल्छन्’, सचिवालयको तर्क छ ।

सचिवालयले दुई सञ्चारकर्मीका शब्दलाई आपत्तिजनक भन्दै श्रेष्ठ र ओलीको प्रेस पास बुधबारदेखि लागू हुने गरी एक महिना निलम्बनका लागि आवश्यक प्रक्रिया अघि बढाउनु उपयुक्त हुने ठहर गरेको छ। ‘यो निर्णयले भविष्यमा यस्ता क्रियाकलाप दोहोरिन नदिन सचेतता अपनाउन मद्दत गर्दछ’, सचिवालयले भनेको छ, ‘यस प्रक्रियामा संघीय संसद् सचिवालयसम्बन्धी ऐन, २०६४ को दफा ९ (झ) उल्लेख गर्न सकिन्छ ।’

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  १ : ४५ बजे

पक्षधरताभन्दा कार्य सम्पादनमा अब्बल हुनुहोस् : मुख्यमन्त्री कँडेल

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पक्षधरताभन्दा कार्य सम्पादनमा अब्बल

एमाले मोरङमा संस्थापनलाई धक्का, १८८ मत गन्दा ढकालको प्यानल नै अगाडि

मोरङ- नेकपा एमाले मोरङको दशौँ जिल्ला अधिवेशनका क्रममा बिहीबार मतगणना

राष्ट्रिय सभाबाट पनि स्वीकृत भए पाँच वटा अध्यादेश

काठमाडौं – राष्ट्रिय सभाबाट पाँच अध्यादेश स्वीकृत भएको छ ।

गर्मीलाई लक्षित गर्दै चौधरी ग्रुपले ल्यायो सेन्साईका कुलर

काठमाडौं– चौधरी ग्रुपअन्तर्गत सेन्साई ब्राण्डले गर्मी महिनालाई लक्षित गर्दै नयाँ

वर्तमान सरकार लोकतन्त्रमाथि विश्वास गर्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले