बोत्तलमा लेखिएको एउटा सन्देशले बचायो परिवारका सबै सदस्यको ज्यान « Khabarhub

बोत्तलमा लेखिएको एउटा सन्देशले बचायो परिवारका सबै सदस्यको ज्यान


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकामा एउटा परिवारका सम्पूर्ण सदस्यको ज्यान बोत्तलमा लेखिएको एउटा ‘शब्द’का कारण जोगिएको छ ।

तीब्र बहाव भएको एउटा झरनामा फसेको परिवार बोत्तलमा लेखिएको सन्देशका कारण जोगिएको हो ।

झरनामा फेसेका परिवारका सदस्यहरुले बोत्तलमा एउटा शब्द लेखेर फोलेका थिए । सन्देश लेखिएको बोत्तल झरनाको तल (नदी)मा तैरिरहेको फेला पर्‍यो । बोत्तल फेला पार्ने व्यक्तिको मद्दतबाट सम्पूर्ण परिवारको उद्दार भयो ।

कर्टिस ह्विटसन, उनकी गर्लफ्रेन्ड र १३ वर्षको छोरा जुन महिनामा मध्य क्यालिफोर्निया गएका थिए । उनीहरु एउटा उपत्यका हुँदै अरोयो सेको नदी र त्यहाँबाट झरनासम्म जान चाहन्थे । तर, तेस्रो दिन उनीहरु एउटा यस्तो क्षेत्रमा फसे, जहाँ चारैतिर ४० फिट उच्चो पर्खाल थियो ।

कर्टिसले रसी पनि साथमा बोकेका थिएनन् । जसका कारण उनीहरु त्यहाँबाट सजिलै बाहिर आउन सक्ने संभावना पनि बाँकी रहेन । झरनाको तीब्र बहावका कारण उनीहरु त्यहिँ फस्न पुगे ।

उद्दार पछि कर्टिस परिवार

त्यहाँ न त उनको फोनको नेटवर्कले काम गरेको थियो, न त नजिकमा कुनै मानवीय चललपहल देखिन्थ्यो । कर्टिसले सीएनएनसँको कुराकानीमा उक्त क्षण सम्झँदै भने, ‘जब मलाई महसुस भयो कि पानी धेरै छ, तल उत्रिन जोखिमपूर्ण छ, बाँच्ने आश नै समाप्त भइसकेको थियो ।’

त्यसपछि उनीहरुले आफूसँग भएको एउटा ‘अर्डर स्लिप’ (कागज)मा एउटा सन्देश लेखेर पानीमा बगाउने निर्णय गरे । अर्डर स्लिपमा ‘हेल्प’ (हामीलाई मद्दत गर्नुहोस्) भन्ने सन्देश लेखेर उक्त स्लिप हरियो रंगको बोत्तल भित्र राखेर बगाइदिए ।

उनीहरु फेसको करिब ४०० मिटर तल बोत्तलमा लेखिएको उक्त सन्देश २ जना हाइकर्स (हाइकिङ गर्न हिँडेका व्यक्ति)ले फेला पारे ।

हाइकर्सहरुले उक्त सन्देशसहित बोत्तल फेला पारेपछि उद्दारकर्ताहरुलाई खबर गरे । हाइकर्सहरु उद्दारकर्तालाई लिएर कर्टिसको परिवार फसेको ठाउँमा पुगे ।

जुन १५ तारिखको राति केही घण्टाको प्रयास पछि उद्दारकर्ताहरुले कर्टिस परिवारका सबै सदस्यको सकसुल उद्दार गरे ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ११ : ३० बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल