कुलमानलाई विद्यार्थीसँग तुलना गर्दै ऊर्जामन्त्रीले भने- समयमै कार्यसम्पादन नबुझाएपछि शून्य अंक दियौँ | Khabarhub Khabarhub

कुलमानलाई विद्यार्थीसँग तुलना गर्दै ऊर्जामन्त्रीले भने- समयमै कार्यसम्पादन नबुझाएपछि शून्य अंक दियौँ


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

दमौली (तनहुँ)- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन कुनै चलखेल नगरेको बताएका छन् ।

तनहुँको डुम्रेमा बुधबारदेखि सुरु हुन लागेको डुम्रे सांस्कृतिक महोत्सवको उद्घाटनका लागि पुगेका मन्त्री खड्काले सञ्चारकर्मीसँगको कुराकानीका क्रममा एउटा कर्मचारीलाई हटाउन सरकारले कुनै चलखेल नगरेको बताए ।

‘एउटा कर्मचारीलाई हटाउन सरकारले किन चलखेल गर्नुपर्छ र ? सरकारलाई आवश्यकता भएको बेला हटाउन सक्छ, आवश्यकताअनुसार कर्मचारी राख्न पनि सक्छ’, उनले भने ।

मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणलाई योगदान पुर्‍याउनेलाई पुरस्कार र गलत गर्नेलाई दण्डित गरिने पनि जिकिर गरेका छन् ।

नेपाल विद्युत् प्राधिकरणलाई कार्यसम्पादन मूल्याङ्कनमा शून्य अङ्क किन भन्ने सञ्चारकर्मीसँगको प्रश्नमा पनि उनले जवाफ दिए ।

कुलमानले समयमै कार्यसम्पादन प्रतिवेदन नबुझाएपछि शून्य अंक दिइएको उनको जिकिर थियो । ‘विद्यार्थी जाँचमा उपस्थिति नहुँदा के हुन्छ, यसमा पनि त्यही भएको हो’, उनले भने, ‘समयमै कार्यसम्पादन नबुझाएकाले शून्य अङ्क प्राप्त गर्न नसक्नुभएको हो ।’

यसैबीच बुधबार प्रतिनिधिसभाको बैठकमा कपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्देशक घिसिङलाई हटाउन कोसिस गरेको भन्दै प्रतिनिधि सभामार्फत् सरकारलाई घेरेका छन् ।

घिसिङलाई कार्यसम्पादन मूल्यांकनका नाममा ऊर्जामन्त्री दीपक खड्काले शून्य अंक दिएको विषय उनीहरूले संसद्मा उठाउँदै सरकारको आलोचना गरेका हुन् ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारको कदमको विरोध गर्दै कुलमानको स्पष्टीकरण र शून्य अंकबारे घेर्ने प्रयास गरेका हुन् ।

पाण्डेले भने, ‘जसले राम्रो काम गरेको छ । विद्युत् प्राधिकरणले राम्रो नाफा गरिरहेको छ, त्यसलाई शून्य अंक दिइएको छ। निरन्तर स्पष्टीकरण सोध्ने कुरा पनि आइरहेको छ, यो आपत्तिजनक छ ।’ रासस

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  २ : ५५ बजे

सोटो नेपालको अध्यक्षमा शाही चयन

काठमाडौं– नेपालका ट्राभल तथा टुर अपरेटरहरूकाे साझा संस्था सोसाइटी अफ

प्रधानमन्त्रीकै निर्देशनमा त्रिवि सिनेट बैठक स्थगित भएकोमा कांग्रेस असन्तुष्ट

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक स्थगित भएको प्रति नेपाली कांग्रेसका

उत्कृष्ट इञ्जिनियरलाई पुरस्कृत गरिँदै, आवेदन दिन आज अन्तिम दिन 

काठमाडौं– नेपाल इन्जिनियर्स एशोसिएसनले ६३औँ इन्जिनियर दिवस विविध कार्यक्रमसहित साउन

प्रि ओप सेसन : चार अंकले बढ्यो नेप्से

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेपाल

भुटानी शरणार्थी नेता पौड्यालको ‘पर्दापछाडिको भुटान’ सार्वजनिक

ललितपुर– लेखक तथा भुटानी शरणार्थी नेता बलराम पौड्यालको खोजमूलक ग्रन्थ