तेस्रो दिन पनि घट्यो शेयर बजार, कारोबार निरन्तर ओरालो  | Khabarhub Khabarhub

तेस्रो दिन पनि घट्यो शेयर बजार, कारोबार निरन्तर ओरालो 


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फागनु ४ गतेदेखि निरन्तर गत आइतबारसम्म बढेको शेयर बजारमा अहिले ब्रेक लागेको छ । बजार लगातार तेस्रो दिन पनि घटेको छ । 

दुई दिनसम्मको घटाइलाई लगानीकर्ताले बजारको करेक्सन भने पनि लगातार तेस्रो दिनको घटाइलाई भने करेक्सनको रूपमा मान्न सकेका छैनन् । 

बजार घटेसँगै कारोबार रकममा पनि निरन्तर गिरावट आएको छ । आज मात्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.१६ अंकले बढेर २८२१.१३ विन्दुमा झरेको छ । 

हिजो मंगलबार करिब १३ अर्बको कारोबार हुँदा आज करिब ११ अर्बको मात्र कारोबार भएको छ । आज नेप्से ०.८८ प्रतिशतले घट्दा १० अर्ब ९७ करोड २६ लाख ५४ हजार रुपैयाँ बराबरको २ करोड ३३ लाख ४३ हजार २०१ कित्ता शेयर कारोबार भएको छ । 

आज ६२ वटा कम्पनीको शेयर मूल्य बढको छ भने १७४ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज दिनभरमा ३०८ वटा कम्पनी कारोबारमा आउँदा १ लाख १ हजार ६०३ पटक शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ३ : १८ बजे

बजेट अभावमा ‘आमा सुरक्षा कार्यक्रम’ प्रभावित

काभ्रेपलाञ्चोक – बजेट अभावका कारण बनेपास्थित शिर मेमोरियल अस्पतालमा सञ्चालित

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बिहीबार दिउँसो बस्दै

सञ्चार सुविधा नहुँदा पर्यटकलाई सास्ती

बेनी – अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार

आज देशभर मौसम सफा रहने

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै

चैतमा फुल्ने ‘पलम’ असोजमै फुल्यो

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा असोजमै पलमको फूल फुलेको