तेस्रो दिन पनि घट्यो शेयर बजार, कारोबार निरन्तर ओरालो  « Khabarhub

तेस्रो दिन पनि घट्यो शेयर बजार, कारोबार निरन्तर ओरालो 


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फागनु ४ गतेदेखि निरन्तर गत आइतबारसम्म बढेको शेयर बजारमा अहिले ब्रेक लागेको छ । बजार लगातार तेस्रो दिन पनि घटेको छ । 

दुई दिनसम्मको घटाइलाई लगानीकर्ताले बजारको करेक्सन भने पनि लगातार तेस्रो दिनको घटाइलाई भने करेक्सनको रूपमा मान्न सकेका छैनन् । 

बजार घटेसँगै कारोबार रकममा पनि निरन्तर गिरावट आएको छ । आज मात्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.१६ अंकले बढेर २८२१.१३ विन्दुमा झरेको छ । 

हिजो मंगलबार करिब १३ अर्बको कारोबार हुँदा आज करिब ११ अर्बको मात्र कारोबार भएको छ । आज नेप्से ०.८८ प्रतिशतले घट्दा १० अर्ब ९७ करोड २६ लाख ५४ हजार रुपैयाँ बराबरको २ करोड ३३ लाख ४३ हजार २०१ कित्ता शेयर कारोबार भएको छ । 

आज ६२ वटा कम्पनीको शेयर मूल्य बढको छ भने १७४ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज दिनभरमा ३०८ वटा कम्पनी कारोबारमा आउँदा १ लाख १ हजार ६०३ पटक शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ३ : १८ बजे

सडकमै बच्चा जन्माएकाबारे रास्वपा सांसद : सरकारलाई असफल बनाउन महिला प्रयोग गरिएको हुनसक्छ

काठमाडौं– सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले

ग्रीन आर्मीविरुद्ध सर्वोच्चमा रिट, पेसी सोमबार

काठमाडौं– गैरसरकारी संस्थाले सैनिक प्रकृतिको संरचना, पोसाक, दर्जा र चिह्न

गोल्डस्टार बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक फुटवेयर पार्टनर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले

नयाँ उद्योगमन्त्री आउनेबित्तिकै ग्यास लुकाउनेविरुद्ध एक्सन, ठाउँठाउँमा छापा

काठमाडौं– बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा