बलिउडमा काम पाउन छाडे नितिनले ! भन्छन्- ‘मेकरलाई काम माग्न मेसेज गर्छु’ « Khabarhub

बलिउडमा काम पाउन छाडे नितिनले ! भन्छन्- ‘मेकरलाई काम माग्न मेसेज गर्छु’


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नील नितिन मुकेस बलिउडका चर्चित कलाकार हुन् । उनले ‘न्युयोर्क’, ‘जोनी गद्दार’, ‘७ खुन माफ’ र ‘प्रेम रनत धन पायो’ जस्ता हिट फिल्ममा अभिनय गरेका छन् ।

उनले अभिनय गरेको फिल्मको संख्या दुई दर्जनभन्दा माथि छ । यी मध्ये धेरैमा उनले सहायक भूमिका निर्वाह गरेका छन् । तथापि उनी बलिउडका चर्चित निर्देशकसँग पनि काम गरेका कलाकार हुन् ।

पछिल्लो समय नील नितिनले ‘हिसाब बराबर’ फिल्ममा अभिनय गरेका थिए । गत नोबेम्भरमा यो फिल्म प्रदर्शनमा आएको थियो ।

पछिल्ला केही वर्षयता हेर्ने हो भने उनी फिल्ममा कम देखिन थालेका छन् । पछिल्लो समय प्रस्ताव नआएर उनी फिल्ममा कम देखिन थालेका हुन् ।

नील नितिनले ‘हिन्दी रस’को पोडकास्टमा पछिल्लो समय आफूलाई फिल्मबाट प्रस्ताव नआएको खुलाएका हुन् ।

एक फिल्मको काम सकाएपछि अर्को कामका आफैँले खोज्नुपर्ने अवस्थामा आफू रहेको उनले बताए । काम खोज्ने दौरानमा विभिन्न मेकर र निर्देशकलाई मेसेज गर्ने गरेको उनले सेयर गरेका छन् ।

उनले भने, ‘म कामको लागि मान्छेहरूलाई मेसेज गर्छु । उहाँहरुले मेरो मेसेजको रिप्लाई तुरुन्त दिनुहुन्छ र भन्नुहुन्छ– हामीले ध्यानमा राखेका छौं, केही हुने वित्तिकै सम्झन्छौं ।’

पछिल्लो समय यसरी नै आफूले फिल्महरूमा काम पाइरहेको उनको भनाइ छ ।

फिल्ममा नयाँ कलाकारहरूको आगमन भइरहेकाले पनि आफूले काम नपाएको उनको बुझाइ छ ।

नील नितिन गोरो वर्ण छन् । उनको छाला गोरा विदेशीसँग मिल्दो छ । उनको छालालाई लिएर विदेशीसमेत भन्ने गरिन्छ ।

भारतमा यथार्थवादी फिल्म बन्ने प्रचलन बढ्दो र त्यस्ता फिल्मको पात्रसँग आफ्नो छाला नमिल्ने भएकाले समेत काम नपाएको हुनसक्ने उनको अनुमान छ ।

भन्छन्, ‘मेरो छालाको रङ अहिले बनिरहेका फिल्मसँग मेल खाँदैन । मेरो छाला हलिउडका कलाकारको मिल्छ भन्ने गरिन्छ । सोहीकारण म गाउँका कथाका भएका फिल्मको पात्रमा फिट हुन सक्दिनँ भन्ने पनि निर्देशकहरूलाई लाग्न सक्छ ।’

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  ८ : ०१ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको