डेंगु संक्रमण बढेसँगै प्रभावित क्षेत्रमा नजान अमेरिकाको सूचना « Khabarhub

डेंगु संक्रमण बढेसँगै प्रभावित क्षेत्रमा नजान अमेरिकाको सूचना


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रोग नियन्त्रण र रोकथामका लागि अमेरिकी केन्द्र, युएस सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सल(सीडीसी)ले एसिया, प्यासिफिक आइल्याण्ड, अफ्रिका, मध्युपूर्व र अमेरिकी महादेशको भ्रमणमा सतर्कता अपनाउन आफ्ना नागरिकलाई आग्रह गरेको छ ।

लामखुट्टेका कारण लाग्ने मलेरिया, चिकुन्गुनिया , जिका, डेंगुको खतरा रहेको भन्दै ग्रामिण र प्रदुशित क्षेत्रमा नजान अमेरिकाले आफ्ना नागरिकहरुलाई आग्रह गरेको छ ।

सीडीसीका अनुसार बंगलादेश, फ्रेन्च पोलेलभसिया, मार्सला आइसल्याण्ड, फिलिपिन्स, सिंगापुर, श्रीलंकामा डेंगुको उच्च संकमण रहेको जनाइएको छ ।

सीडीसीले सूचीमा नेपालको नाम समावेश नगरेपनि प्रभावित क्षेत्रको नक्सामा नेपाल, भारत, पाकिस्तान, लाओस लगायतका देशको नाम पनि डेंगु सक्रमणमा रहेकोले सतर्कता अपनाउन आग्रह गरेको छ ।

त्यस्तै न्यूज १८ अनलाइनमा पोस्ट भएको समाचारमा नेपालले डेंगुको रोकथामको लागि सामाजिक जागरणको क्षेत्रमा काम गरिरहेको जनाएको छ । स्थानीय तहहरुसँग मिलेर नेपाल सरकारले काम गरिरहेको र सार्वजनिक क्षेत्र सफाइ लगायतको काम गरिरहेको जनाएको छ ।

त्यस्तै बंगलादेशमा पछिल्लो एक महिनामा ५० हजार ९ सय ७४ जना डेंगु प्रभावित रहेको समाचारमा जनाइएको छ ।
त्यस्तै पूर्वी चीनमा पनि ६०० जना भन्दा धेरै मानिस डेंगुरोगबाट प्रभावित भएको समाचारमा जनाइएको छ ।

इन्टरनेशनल ट्राभल एण्ड हेल्थ इन्सुरेन्स जर्नलका अनुसार डेंगुसँग लड्नका लागि आणविक उपायको प्रभावकारी खोजी आवश्यक छ ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  १२ : ३० बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको