हमासलाई ट्रम्पको चेतावनी- ‘बन्दी रिहा नगरेमा एउटा पनि सदस्य बाँकी रहने छैन’ « Khabarhub

हमासलाई ट्रम्पको चेतावनी- ‘बन्दी रिहा नगरेमा एउटा पनि सदस्य बाँकी रहने छैन’


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई बन्दी रिहा गर्नका लागि चेतावनी दिएका छन्। ट्रम्पले हमासलाई सामाजिक सञ्जालमार्फत् यस्तो चेतावनी दिएका हुन्। ‘मैले यो काम सक्नका लागि इजरायललाई सबै कुरा उपलब्ध गराएको छु। मैले भने अनुसार नगरेमा हमासको एउटा पनि सदस्य बाँकी रहने छैन,’उनले ट्र्थ सोसलमा लेखेका छन्।

बन्दी रिहाइका लागि अमेरिकासँग प्रत्यक्ष वार्ता गर्ने कुरा आएपछि ट्रम्पले सामाजिक सञ्जालमा यस्तो चेतावनी दिएका हुन्।

ट्रम्पले बन्दी रिहाइ नगरेमा हमासले कल्पनै नगरेको कठिन समयको सामना गर्नुपर्ने बताएका छन्। उनले हरेक जीवित व्यक्ति रिहा गर्न तथा मृतकको शव तत्काल हस्तान्तरण गर्न भनेका छन्। उनले हमास नेतृत्वलाई तत्काल गाजा छाड्नसमेत भनेका छन्।

ट्रम्पले त्यहाँका सर्वसाधारणलाई समेत चेतावनी दिएका छन्। उनले गाजावासीका लागि सुन्दर भविष्य पर्खिरहेको भए पनि बन्दी रिहाइ नभएमा त्यसो नहुने बताएका हुन्। साथै उनले बन्दी रही रहे जो कोही पनि मर्नसक्ने चेतावनी दिए। युद्ध विरामपछि रिहा भएका बन्दीसँग ह्वाइट हाउसमा भेटवार्ता गरेपछि ट्रम्पको त्यो पोस्ट सार्वजनिक भएको हो।

प्यालेस्टाइनी स्रोतका अनुसार यो बीचमा हमास र अमेरिकी अधिकारीबीच दुई पटक वार्ता समेत भइसकेको छ। प्यालेस्टाइनी स्रोत उद्धृत गर्दै यी समाचार बिबिसीले प्रकाशित गरेको हो।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  ६ : १४ बजे

कांग्रेस संसदीय बैठक : सुनसरीलगायतका घटनाको न्यायिक छानबिनको माग

काठमाडौं- नेपाली कांग्रेसले सुनसरीलगायत विभिन्न स्थानमा भएका घटनाको निष्पक्ष र स्वतन्त्र

कक्रोचको बलमा जनसुराजले उठायो टाउको, नेतालाई सल्लाह दिने पीकेले तोडे भाजपाको किल्ला

काठमाडौं- भारत बिहार राज्यको बाँकीपुरमा भाजपाको गढ भत्काउँदै वैकल्पिक राजनीतिक

जनार्दनको पहलमा छुट्टै राजनीतिक मोर्चा : उपेन्द्र, प्रभु, सीके र रेशमसमेत जोडिँदै

काठमाडौं- जनार्दन शर्माले मधेशवादी दलहरूसँग सहकार्य गर्ने भएका छन्। नेकपा

अर्थसंक्षेप : बजारमा ग्यासको हाहाकार, महँगी नियन्त्रण गर्न नसक्दा सरकारको आलोचना र राष्ट्र बैंक ऐनमा ‘डिजिटल करेन्सी’

बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षणराष्ट्रियसभाको आजको बैठकमा सांसदले दैनिक

दुर्गा प्रसाईंलाई रिहा गर्न भक्तपुर अदालतको आदेश

काठमाडौं- जिल्ला अदालत भक्तपुरले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न