भारतको सहयोगमा बन्‍दै राप्ती आँखा अस्पतालको अपरेशन थिएटर | Khabarhub Khabarhub

भारतको सहयोगमा बन्‍दै राप्ती आँखा अस्पतालको अपरेशन थिएटर


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत सरकारको आर्थिक सहयोगमा दाङस्थित राप्ती आँखा अस्पतालमा थिएटर भवन निर्माण बनिरहेको छ ।

तुलसीपुर उपमहानगरपालिकास्थित राप्ती आँखा अस्पतालको अपरेशन थिएटर भवन निर्माणको मंगलबार मेयर टीकाराम खड्का र भारतीय राजदूतावासका प्रथम सचिव वशिष्ट नन्दनले संयुक्त रूपमा शिलान्यास गरे ।

कार्यक्रममा राजनीतिक प्रतिनिधिहरू, सरकारी अधिकारीहरू र समाजसेवीहरू उपस्थित थिए ।

‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा ४ करोड ३३ लाख रुपैयाँभन्दा बढी रकममा परियोजना निर्माण भइरहेको छ ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको अनुदानबाट अपरेशन थिएटर भवन र अन्य सुविधाहरू निर्माण भइरहेको हो।

यो परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचाईसीडीपी) को रूपमा अघि बढेको हो । यसको कार्यान्वयन तुलसीपुर उप–महानगरपालिका, दाङ मार्फत भइरहेको छ ।

तुलसीपुर उप–महानगरपालिका, दाङका मेयर तथा राप्ती आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष र अन्य सरोकारवालाहरूले नेपालका जनतालाई भारत सरकारले प्रदान गरिरहेको विकास सहायताको प्रशंसा गरेका छन् ।

उनीहरूले निर्माण भइरहेको पूर्वाधारले नेपाली नागरिकलाई उच्च तहको स्वास्थ्य सेवा प्रदान गर्न मद्दत गर्ने र नेपालको लुम्बिनी प्रदेशमा स्वास्थ्य क्षेत्रको समग्र विकासमा पनि योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५६३ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु (एचाईसीडीपी) अघि बढेका छन् । जसमा ४९५ वटा परियोजनाहरु सम्पन्न भइसकेका छन् । यी मध्ये ६२ वटा परियोजना लुम्बिनी प्रदेशमा मात्र रहेका छन् ।

यसका साथै भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ ।

जसमध्ये लुम्बिनी प्रदेशमा १६४ वटा एम्बुलेन्स र ४३ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ । यी मध्ये, दाङमा १९ वटा एम्बुलेन्स र ४ वटा स्कूल बस उपहारस्वरुप प्रदान गरिएको छ। जसमा दाङको राप्ती आँखा अस्पताललाई प्रदान गरिएको एउटा एम्बुलेन्स समावेश छ ।नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ ।

उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको (एचाईसीडीपी) कार्यान्वयनले प्राथमिकता क्षेत्रहरूमा पूर्वाधारको विस्तार गरी जनताको विकासका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गरेको काठमाडौंस्थित दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  १ : ३५ बजे

तिहारलाई लक्षित गर्दै ‘वरिष्ठ बलराम’ प्रदर्शन हुने

काठमाडौं – आगामी तिहारलाई लक्षित गर्दै कात्तिक ६ गतेदेखि नेपाली

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा थप पाँच रिट दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज थप पाँच रिट

जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

जेन-जी नामबाट दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन

काठमाडौं – नयाँ राजनीतिक शक्ति राष्ट्रिय जेन–जि पार्टी नेपालले दल

पाँचसय र एकहजारका नोट बन्द गर्न विप्लव नेतृत्वको नेकपाको माग

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न