कांग्रेसले भन्यो- कुलमानलाई टाउकोमै बोक्ने भए विपक्षी दलहरूको अध्यक्ष बनाउनू « Khabarhub

कांग्रेसले भन्यो- कुलमानलाई टाउकोमै बोक्ने भए विपक्षी दलहरूको अध्यक्ष बनाउनू


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले एक जना कर्मचारीका लागि दलीयकरण नगर्न नेकपा माओवादी केन्द्रसहितका विपक्षी दललाई सुझाएको छ।

कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै यस्तो बताएका हुन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै घिमिरेले घिसिङलाई देवत्वकरण नगर्नसमेत सुझाव दिए ।

एउटा कर्मचारीलाई दलीयकरण गरेर संसद्को प्रतिपक्ष उठेको देख्दा लाज लागेको उनले बताए । नेपालको कर्मचारीतन्त्र दूधले नुहाएको नभएको उनको भनाइ छ ।

उनले देवत्वकरण गरेर टाउकोमा नै बोकेर हिँड्ने हो भने सबै प्रतिपक्षी दलहरूको अध्यक्ष कुलमानलाई नै बनाउन सुझाव दिएका छन् ।

त्यस्तै उनले बर्षायामअघि नै बीपी राजमार्ग निर्माणको काम सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  ३ : ३८ बजे

‘ग्रिन रन’ आयोजना गर्दै कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसले जननायक विपी कोइरालाको ४४औं स्मृति दिवसका असरमा

बीपी स्मृति दिवसकै दिन कांग्रेस ईतरले रोज्यो फुटको साइत, सदस्यता नवीकरणमा गलेन संस्थापन

गत पुसमा सम्पन्न विशेष महाधिवेशनपछि देखिएको आन्तरिक विवाद समाधान हुन

खाद्य तथा कृषि संगठनको सहकार्यमा खाद्य प्रणाली सुदृढीकरण परियोजना सुरु

काठमाडौं– नेपाल सरकार, संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि संगठन (एफएओ)

शासकीय सुधारलाई निरन्तरता दिने सचिव बैठकको निर्णय

काठमाडौं– सरकारका सचिवहरूको बैठकले शासकीय सुधारका लागि अघि बढाइएका कार्यक्रमलाई निरन्तरता

रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर, फेरि अधिवेशन गर्न निर्देशन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)को बागलुङ जिल्ला कार्यसमिति बदर गरिएको छ।