फिल्म ‘११ : ५५’को ट्रेलर सार्वजनिक, निर्देशक भन्छन्- फिल्ममा हरेक १५ मिनेटमा सस्पेन्स छ « Khabarhub

फिल्म ‘११ : ५५’को ट्रेलर सार्वजनिक, निर्देशक भन्छन्- फिल्ममा हरेक १५ मिनेटमा सस्पेन्स छ


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केशव पाण्डेको डेब्यू निर्देशन रहेकाे फिल्म ‘११ : ५५ डुन नट ट्रस्ट’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले बिहीबार कमलपोखरीस्थित फिल्म हलमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरेको हो ।

सार्वजनिक ट्रेलरमा फिल्मका प्रमुख कलाकार नायक महेश त्रिपाठी, नायिका सृष्टि श्रेष्ठ, करिश्मा श्रेष्ठ, डेब्यू नायक सागर खनाललाई स्थान दिइएको छ । फिल्ममा कलाकार बुद्धि तामाङ, विशाल पहारी र एमएस अग्रजलगायतको अभिनय रहेको छ ।

ट्रेलरले फिल्ममा लभ, रोमान्स, धोका, एक्सन र रहस्यका खुराकहरुको संकेत गरेकाे छ । ट्रेलरमा सृष्टिलाई प्रेमिल र रौद्र चरित्रमा देख्न सकिन्छ । महेश भने युवा व्यवसायीको भूमिकामा देखिन्छन् ।

निर्माण पक्षका अनुसार क्राइम थ्रिलर जनरामा बनेको यस फिल्ममा शहरको धोका, जालझेल र आफ्नो स्वास्थ पूर्तिका लागि जस्तो सुकै कदम चाल्न सक्ने प्रवृतिका भएका पात्रहरुको कथा छ ।

फिल्ममा हरेक १५ मिनेटमा आउने सस्पेन्स दृश्यले दर्शकको मन जित्ने निर्देशक पाण्डेकाे विश्वास छ । उनले भने, ‘हेरक १५ मिनेटमा सस्पेन्स आउँछ । जसले गर्दा फिल्म नसकिने बेलासम्म दर्शकमा कौतुहलतमा प्रदान गर्छ ।’

दर्शकलाई फरक स्वादको कथा पस्किने उद्देश्यले यो जनरामा फिल्म निर्माण गरेको पाण्डेको भनाइ छ । फिल्मको लेखकहरु निर्देशक पाण्डे, एमएस अग्रज र शेखर ज्ञवाली मिलेर लेखेका हुन् ।

विचित्र फिल्मस् र गुड जब आर्ट्सको ब्यानरमा निर्माण भएको यस फिल्मको निर्माता श्याम शर्मा र सरोजा शर्माको हुन् ।

हेर्नुहोस् ट्रेलर :

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  ८ : ४५ बजे

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहस

भदौका लागि वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदर घट्यो

काठमाडौं– नेपालका वाणिज्य बैंकहरूले आगामी भदौ महिनाका लागि मुद्दतीतर्फको नयाँ

भारतीय प्रधानसेनापति सेठ काठमाडौं आउँदै

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको

बस्तीमा आतंक मच्चाएको बाघ पाँच घण्टापछि नियन्त्रण

चितवन– चितवनको राप्ती नगरपालिका–१ डिपार्ट बस्तीमा बाघको आक्रमणबाट एकजना व्यक्ति तथा

इन्डोनेसिया भूकम्प : मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

लाबुआन बाजो- इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार