कुलमानबारे ऊर्जामन्त्रीले दिएको अभिव्यक्ति ढाँटछलपूर्ण : माधव सापकोटा « Khabarhub

कुलमानबारे ऊर्जामन्त्रीले दिएको अभिव्यक्ति ढाँटछलपूर्ण : माधव सापकोटा


२२ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले कुलमान घिसिङका विषयमा ऊर्जामन्त्रीले संसद्‍मा दिएको अभिव्यक्ति ढाँटछलपूर्ण रहेको बताएका छन् ।

बिहीबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद सापकोटाले ऊर्जामन्त्रीले संसद्‍मा राखेको तर्क तथ्या‌ङमा आधारित नभएको समेत बताए ।

उनले वर्तमान सरकारले सेटिङको काम कानुन विपरीत गर्न लगाएपछि कुलमानले अस्वीकार गर्दा प्रतिशोध साध्न खोजेको आरोप लगाए ।

सापकोटाले कुलमानलाई पदबाट हटाए अहिलेको सरकारलाई निकै महँगो पार्न जाने चेतावनी दिए । वर्तमान सरकारकै कारण प्राधिकरणको वक्याैता नउठेको भन्दै उनले त्यसकै आधारमा कुलमानमाथि लगाएको आरोप उचित नभएको बताए ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहिबार  ६ : २२ बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही