सार्वजनिक यातायातलाई प्रविधिमैत्री बनाइने « Khabarhub

सार्वजनिक यातायातलाई प्रविधिमैत्री बनाइने


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यातायात व्यवस्था विभागले सार्वजनिक यातायातलाई सुरक्षित बनाउन प्रविधिमैत्री बनाउने तयारी गरेको छ ।

विभागले यात्रुवाहक सवारी साधनामा अनलाइन भुक्तानी, जिपिएस जडानलगायतका कार्यगरी प्रविधिमैत्री बनाउने तयारी गरेको हो । 

यस विषयमा विभागले बिहीबार सरोकारवाला निकायसँग छलफल गरेको थियो । 

छलफलका क्रममा विभागका महानिर्देशक राजीव पोखरेलले सार्वजनिक यातायातको डाटालाई एकीकृत गर्न सके यस क्षेत्रलाई सुरक्षित बनाउन सकिने बताए । 

उनले देशभर रहेका तौलपुललाई पनि प्रविधिमैत्री बनाइने जानकारी दिए । पोखरेलले सरकार र सरोकारवाला सबै मिलेर काम गर्न सके सकारात्मक नजिता निस्कने बताए ।

उनले इम्वोस्ड नंवर प्लेड जडानका क्रममा देखिएका समस्या समाधान हुने उल्लेख गरे  ।  

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सार्वजनिक यातायात सञ्चालनमा देखिएका समस्यालाई हल गर्नुपर्ने बताए । 

अनलाइन टिकेटिङ, जिपीएस जडानलगायतका कार्यलाई सुरु गर्नुपर्ने उनले बताए । उनले सिमलताल दुर्घटनापछिको अध्ययन प्रतिवेदनले सुधारका विषय औँल्याए पनि त्यसलाई राज्यले कार्यान्वयन नगरेको भन्दै आपत्ति जनाए । 

त्यस्तै इम्वोस्ड नंवर प्लेड जडानका देखिएको समस्या समेत समाधान हुनुपर्नेमा यातायात व्यवसायीहरूले जोड दिएका थिए । 

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  ७ : ५२ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार