आज २०८१ साल फागुन २३ गते शुक्रबारको राशिफल | Khabarhub Khabarhub

आज २०८१ साल फागुन २३ गते शुक्रबारको राशिफल


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल फागुन २३ गते शुक्रबार फागुन शुक्ल पक्षको अष्टमी तिथि। गोरखकाली पूजा। तदनुसार सन् २०२५ मार्च ७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : शेयर कारोबारमा फाइदा हुनेछ। स्वास्थ्यमा लाभ हुनेछ। शिक्षामा मिहिनेत गरेको भए फल प्राप्त हुनेछ। परिवारभित्र थोरै बोलेर जित्नुपर्नेछ। राज्यको तर्फबाट भय र त्रास भए पनि काममा सफलता मिल्नेछ।

वृष : राजनीतिक क्षेत्रमा देखिएका समस्याको समाधान हुनेछ। शक्ति र बल भन्दा पनि बुद्धिले काम गर्नुपर्नेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा मान र सम्मान बढ्नेछ।

मिथुन : आफ्नै बोलीले पश्चाताप हुने खतरा छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको तर्फबाट खुशी मिल्ने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : आम्दानी बढ्नेछ। स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ। राजनीतिक क्षेत्रमा खुट्टा तान्ने मान्छे सक्रिय रहेकाले सचेत बन्नुपर्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

सिंह : आज तपाईंको राशिमा शुभ ग्रहको बहुमत छ। समयको सदुपयोग नगर्ने बानीले पश्चाताप हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। साथीको सहयोगमा काम बन्नेछ।

कन्या : दिन सहज छ। कर्मचारी हुनुहुन्छ भने राज्यको बढुवा खान पाइनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन हलुका हुनेछ। परिवारसँगको सम्बन्धमा खटपटी बढ्नेछ।

तुला : सहकार्य गरेर अगाडि बढ्नुपर्ने दिन छ। साथीभाइको साथ र सहयोग प्राप्त हुनेछ। गुरुसँग लिएको सल्लाह अनुसार अगाडि बढेमा सफलता प्राप्त हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ। देशभित्र गरेको व्यापारमा फाइदा हुनेछ।

वृश्चिक : परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। नियमित औषधी छुटेमा स्वास्थ्यमा गम्भीर समस्या हुने जोखिम छ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ।

धनु : दिन सामान्य छ। ठुलो कारोबार नगर्नु राम्रो हुन्छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा जोखिम बढ्नेछ। बौद्धिक साथी विपक्षी कित्तामा पुगेकाले काम गर्नु अगाडि सचेत बन्नुपर्नेछ।

मकर : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। सञ्चित धन खर्च हुनेछ। इज्जत बढ्ने दिन छ। स्वास्थ्यमा सचेत बन्नुपर्ने समय छ। पिपललाई दाहिनो पारेर यात्राको सुरुवात गरेमा दिन सहज बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : तीन पटक सोचेर बोल्नुपर्ने समय छ। सकारात्मक बोले पनि अर्थ नकारात्मक लाग्नेछ। तपाईंको उदार भावलाई कामजोर ठान्ने धेरै छन्। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

मीन : सुरुवाती साढेसाती दशा चलिरहेकाले सञ्चित धन खर्च हुनेछ। सामाजिक अभियान्तासँगको भेटले मन शान्त बन्नेछ। परिवारसँग गरेको सल्लाहले काम सहजै बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ५ : ०० बजे

माधवको धर्मसंकट : नैतिकता देखाउने कि ‘लिसो’ बन्ने ?

काठमाडौं- नेपालको समकालीन राजनीतिमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार

रुसको कुर्स्क क्षेत्रमा नौसेना उपप्रमुखको मृत्यु

मस्को– कुर्स्क क्षेत्रमा जारी भिडन्तका क्रममा नौसेनाका उप-कमाण्डरका रुपमा कार्यरत

 भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म सदनमा प्रतिरोध कायमै राख्छौँ : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति

प्रधानमन्त्रीद्वारा स्पेनको प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन

मेड्रिड– स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज