शुक्रबार बिहान साँखुमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु « Khabarhub

शुक्रबार बिहान साँखुमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


942
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको साँखुमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मानिस सुतिरहेकै कोठामा टिपर पस्दा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए। शुक्रबार बिहान पौने ४ बजेतिर बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भएर दुर्घटनामा परेको प्रवक्ता बोहोराको भनाइ छ ।

प्रहरी प्रभाग साँखुका अनुसार टिपर बिहान ३ बजेर ४० मिनेट जाँदा शंखरापुर नगरपालिका वडा नम्बर ६ साँखुको सलम्बुटारमा दुर्घटना भएको हो । टिपर अनियन्त्रित भएर शंखरापुर ६ मा युवराज थापाले सञ्चालन गरेको द्वन्द्व पीडित तथा अपाङ्गता समाज संस्थाले बनाएको जस्ताको टहरामा ठोक्किन पुगेको थियो ।

टिपरले ठक्कर दिएको टहरामा १० जना सुतिरहेकामध्ये २१ वर्षीय आकाश र सुमनसँगै ४५ वर्षीय हरिजन गम्भीर घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि तत्काल नेपाल मेडिकल कलेज अत्तरखेल पुर्याउँदा अस्पतालले मृत घोषणा गरेको हो ।

मृतक तीनै जनालाई संस्थाले पालनपोषण गर्दै आएको थियो । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ ।

उक्त टिपर सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १२ का २५ वर्षीय सागर माझीले चलाएको खुलेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ८ : ०० बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा