शुक्रबार बिहान साँखुमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु « Khabarhub

शुक्रबार बिहान साँखुमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


942
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको साँखुमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मानिस सुतिरहेकै कोठामा टिपर पस्दा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए। शुक्रबार बिहान पौने ४ बजेतिर बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भएर दुर्घटनामा परेको प्रवक्ता बोहोराको भनाइ छ ।

प्रहरी प्रभाग साँखुका अनुसार टिपर बिहान ३ बजेर ४० मिनेट जाँदा शंखरापुर नगरपालिका वडा नम्बर ६ साँखुको सलम्बुटारमा दुर्घटना भएको हो । टिपर अनियन्त्रित भएर शंखरापुर ६ मा युवराज थापाले सञ्चालन गरेको द्वन्द्व पीडित तथा अपाङ्गता समाज संस्थाले बनाएको जस्ताको टहरामा ठोक्किन पुगेको थियो ।

टिपरले ठक्कर दिएको टहरामा १० जना सुतिरहेकामध्ये २१ वर्षीय आकाश र सुमनसँगै ४५ वर्षीय हरिजन गम्भीर घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि तत्काल नेपाल मेडिकल कलेज अत्तरखेल पुर्याउँदा अस्पतालले मृत घोषणा गरेको हो ।

मृतक तीनै जनालाई संस्थाले पालनपोषण गर्दै आएको थियो । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ ।

उक्त टिपर सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १२ का २५ वर्षीय सागर माझीले चलाएको खुलेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ८ : ०० बजे

अस्पतालको बेडबाटै जेन-जी आन्दोलनका घाइते प्रकाश भन्छन्- ‘हाम्रो बलिदानी खेर नजाओस्’

काठमाडौं- गत भदौ २३ गते जेन–जी आन्दोलनका क्रममा नयाँ बानेश्वरमा

ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं– ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

काठमाडौं–३० का विभिन्न स्थानमा ‘सिसिटिभी क्यामेरा’ जडान

काठमाडौं– काठमाडौं महानगरपालिका वडा नम्बर ३० भित्रका विभिन्न स्थानमा दृश्यसँगै

बागलुङका ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग

बागलुङ– स्वास्थ्य सुविधालाई थप सहज बनाउन बागलुङका ४९ स्वास्थ्य संस्थालाई

सौगातले सके ‘बब डाई’को सुटिङ

काठमाडौं – नायक सौगात मल्लले फिल्म ‘बब डाई’को सुटिङ सकेका