नगरप्रहरीले कोटिहोमको भूमिपूजा रोक्न खोज्दा पोखरामा झडप, केही घाइते | Khabarhub Khabarhub

नगरप्रहरीले कोटिहोमको भूमिपूजा रोक्न खोज्दा पोखरामा झडप, केही घाइते


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोखराको लेकसाइडस्थित बाराहीघाटमा मानव सेवा फाउन्डेसनद्वारा कोटीहोम आयोजनाका लागि गरिएको भूमिपूजनलाई लिएर दुई पक्षबीच झडप भएको छ।

पोखरा महानगरपालिकाले अनुमति नलिई भूमिपूजन गर्न नपाउने अडान लिएपछि उत्पन्न तनाव झडपमा परिणत भएको हो।

भूमिपूजन रोक्न महानगरको अनुरोधमा प्रहरीले हस्तक्षेप गरेपछि स्थिति जटिल बनेको हो ।

यस घटनामा दुवै पक्षका केही व्यक्ति घाइते भएका छन्। मानव सेवा फाउन्डेसनले कोटिहोम आयोजना गर्न बाराहीघाट क्षेत्र चयन गरेको छ । तर अनुमति नलिई काम अघि बढाएको भन्दै महानगरले आपत्ति जनाएको छ।

महानगरका प्रहरीसहित नेपाल प्रहरी पनि खटिएपछि कोटिहोम पक्षधर आक्रमणमा उत्रेका थिए । घाइते नगर प्रहरीलाई अस्पताल पुर्‍याइएको मेयर धनराज आचार्यले बताए ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  १२ : ३४ बजे

रौतहटमा मेला उद्घाटन गर्ने विषयमा विवाद हुँदा झडप, पाँचजना घाइते

रौतहट – रौतहटको देवाहीगोनाही नगरपालिकामा मेला उद्घाटन गर्ने विषयलाई लिएर

विप्लव भन्छन् : युवामा निराशा बाँडेर पुँजीवादीले फाइदा उठाउँदैछन्

कर्णाली – नेपाल कम्युनिष्ट पाटीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले युवा

इलाममा दुईवटा बेलिब्रिज निर्माण, स्थानीयलाई राहत

इलाम –इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् ।

चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर

तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौं : मुख्यमन्त्री पाण्डे

तनहुँ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना