केबलकारविरोधी आन्दोलनमा लागेको आरोपमा सरु लिम्बूको बैंक खाता रोक्का « Khabarhub

केबलकारविरोधी आन्दोलनमा लागेको आरोपमा सरु लिम्बूको बैंक खाता रोक्का


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाथीभरा मुक्कुम्लुङ केबलकार निर्माणको विरोधमा लागेको आरोपमा माछापुच्छ्रे बैंकले सरस्वता लिम्बू (सरु) को बैंक खाता रोक्का गरेको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको पत्रका आधारमा बैंकले खाता रोक्का गरेको हो ।

अभियन्ता लिम्बूको भनाइ उधृत गर्दै स्रोतले खबरहबसँग भन्यो, ‘रकम निकाल्न जाँदा तपाईको खाता रोक्का भएको छ भन्ने जानकारी आयो, तर पत्र माग्दा बैंकका कर्मचारीले चलानी नम्बर मात्रै देखाए, प्रहरीको पत्र हेर्न दिएनन् ।’

बैंक खाता रोक्का गरिएकी पीडित लिम्बू यसअघि सरकारसँग भएको वार्तामा आन्दोलनकारीका तर्फबाट वार्तासमिति सदस्य थिइन् ।

माछापुच्छ्रे बैंकका सूचना अधिकारी सुनील खतिवडाका अनुसार प्रहरीले कुनै व्यक्तिको खाता रोक्का गरिदिनका लागि राष्ट्र बैंकलाई पत्र लेखेपछि राष्ट्र बैंकले सिफारिस गरेमा त्यस्तो व्यक्तिको खाता रोक्का गर्न सकिने कानूनी प्रावधान रहेको छ ।

तर, आन्दोलनमा लागेकै आधारमा यसरी बैंक खाता रोक्का गरिनुमा सरकारले नागरिकको मौलिक हकमाथि अतिक्रमण गरेको आन्दोलनकारीको आरोप छ ।

स्रोतले भन्यो, ‘यसबारे हामी कानूनी उपचारमा जानका लागि कानूनविदहरुसँग सल्लाह गर्दैछौं, मानवअधिकार आयोगमा पनि जान्छौं ।’

यो पनि-

मुक्कुम्लुङ आन्दोलनकारीविरुद्ध वारेन्ट जारी

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  १ : ३६ बजे

भारतीय बलरविरुद्ध चलेन पाकिस्तानी ब्याटिङ, ६१ रनले पराजित

काठमाडौँ – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

भारतविरुद्ध पाकिस्तानको संघर्ष, गुमायो ७ विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

चलेन बाबर आजमको ब्याटिङ, ५ रनमा आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या

काठमाडौँ- सर्लाहीको मंगलवामा गोली हानी हत्या गरिएको छ । आइतबार

पाकिस्तानले पहिलो ओभरमै गुमायो विकेट, साहिबजादा फरहान शुन्य रनमै आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको