केबलकारविरोधी आन्दोलनमा लागेको आरोपमा सरु लिम्बूको बैंक खाता रोक्का « Khabarhub

केबलकारविरोधी आन्दोलनमा लागेको आरोपमा सरु लिम्बूको बैंक खाता रोक्का


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाथीभरा मुक्कुम्लुङ केबलकार निर्माणको विरोधमा लागेको आरोपमा माछापुच्छ्रे बैंकले सरस्वता लिम्बू (सरु) को बैंक खाता रोक्का गरेको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको पत्रका आधारमा बैंकले खाता रोक्का गरेको हो ।

अभियन्ता लिम्बूको भनाइ उधृत गर्दै स्रोतले खबरहबसँग भन्यो, ‘रकम निकाल्न जाँदा तपाईको खाता रोक्का भएको छ भन्ने जानकारी आयो, तर पत्र माग्दा बैंकका कर्मचारीले चलानी नम्बर मात्रै देखाए, प्रहरीको पत्र हेर्न दिएनन् ।’

बैंक खाता रोक्का गरिएकी पीडित लिम्बू यसअघि सरकारसँग भएको वार्तामा आन्दोलनकारीका तर्फबाट वार्तासमिति सदस्य थिइन् ।

माछापुच्छ्रे बैंकका सूचना अधिकारी सुनील खतिवडाका अनुसार प्रहरीले कुनै व्यक्तिको खाता रोक्का गरिदिनका लागि राष्ट्र बैंकलाई पत्र लेखेपछि राष्ट्र बैंकले सिफारिस गरेमा त्यस्तो व्यक्तिको खाता रोक्का गर्न सकिने कानूनी प्रावधान रहेको छ ।

तर, आन्दोलनमा लागेकै आधारमा यसरी बैंक खाता रोक्का गरिनुमा सरकारले नागरिकको मौलिक हकमाथि अतिक्रमण गरेको आन्दोलनकारीको आरोप छ ।

स्रोतले भन्यो, ‘यसबारे हामी कानूनी उपचारमा जानका लागि कानूनविदहरुसँग सल्लाह गर्दैछौं, मानवअधिकार आयोगमा पनि जान्छौं ।’

यो पनि-

मुक्कुम्लुङ आन्दोलनकारीविरुद्ध वारेन्ट जारी

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  १ : ३६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै