प्रतिनिधिसभा बैठक : हेमोफिलियाको औषधि एन्टि–हेमोफिलिक फ्याक्टरको व्यवस्था गर्न माग « Khabarhub

प्रतिनिधिसभा बैठक : हेमोफिलियाको औषधि एन्टि–हेमोफिलिक फ्याक्टरको व्यवस्था गर्न माग


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले हेमोफिलिया रोगीले प्रयोग गर्नुपर्ने औषधि एन्टि–हेमोफिलिक फ्याक्टरको व्यवस्था गर्न सरकारसँग माग गरेकी छन् । 

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले रोगीले आजीवन प्रयोग गर्नुपर्ने औषधि एन्टि–हेमोफिलिक फ्याक्टरको व्यवस्था गरी आफ्ना नागरिकको जीवन बचाइदिन सभामुखमार्फत सरकारसँग माग गरेकी हुन् । 

अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी ऐन, २०७४ र नियमावली २०७७ ले समेत १० वर्गका अपाङ्गताभित्र हेमोफिलियालाई पनि एउटा वर्गमा समेटेर रोगीले नियमित प्रयोग गर्नुपर्ने औषधि सम्बन्धित स्थानीय तहमार्फत् निःशुल्क उपलब्ध गराउने स्पष्ट व्यवस्था भए पनि औषधिको व्यवस्था नहुँदा बिरामीले असैह्य पिडा भोग्नु परेको सांसद गौतमले स्मरण गराइन् । 

‘कानुनमा समेत स्पष्ट व्यवस्था हुँदा पनि त्यसको कार्यान्वयन हुन नसक्दा जनताहरु अकालमा ज्यान गुमाउनु पर्ने दुर्भाग्यपूर्ण कुरा हो,’ उनले भनिन्, ‘त्यसैले सरकारले मानव अधिकार र नेपालको संविधानले नै सुनिश्चित गरेको नागरिकको बाँच्न पाउने अधिकारलाई ख्याल गरी हेमोफिलियाको रोगीले आजीवन प्रयोग गर्नुपर्ने औषधि एन्टि–हेमोफिलिक फ्याक्टरको व्यवस्था गरी आफ्नो नागरिकको जीवन बचाइदिन सभामुखमार्फत जोडदार माग गर्दछु ।’

हेमोफिलिया रोग लागेको बिरामीलाई शरीरको कुनै पनि भागमा रक्तस्राव हुँदा रगत रोकिँदैन । समयमा नै उपचार नपाए बिरामीको ज्यानै समेत जान्छ । पछिल्लो २ महिनामा २ जना बिरामीको मृत्यु भइसकेको सांसद गौतमले संसद्लाई जानकारी गराइन् ।

बिरामीले निरन्तर प्रयोग गर्नुपर्ने औषधि नेपालमा किन्न पनि पाइँदैन । बाहिरबाट ल्याउनुपर्छ । पछिल्लो तथ्यांकअनुसार नेपालमा हेमोफिलियाको रोगीको संख्या ४ हजार ९३७ जना रहेका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  २ : ०९ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा