कुलमानलाई महावीरको सुझाव- संखुवासभामा चुनाव लडेर दु:ख दिने मन्त्रीलाई गुल्ट्याइदिनुस् | Khabarhub Khabarhub

कुलमानलाई महावीरको सुझाव- संखुवासभामा चुनाव लडेर दु:ख दिने मन्त्रीलाई गुल्ट्याइदिनुस्


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई राजनीतिमा उत्रिन सुझाएका छन् ।

पुनले शुक्रबार एक फेसबुक पोस्टमार्फत् आफुलाई दुख दिने ऊर्जामन्त्री दीपक खड्काको क्षेत्र (संखुवासभा) बाट चुनावमा लडेर गुल्ट्याई दिने आँट गर्न सुझाएका छन् ।

उनले कुलमानलाई शून्य नम्बर दिने सचिव र सहसचिवको टोलीलाई आफुले माइनस ९९ नम्बर दिने बताए । त्यस्ता विवेकहीन कर्मचारीले देश डुबाउनुका साथै नेताहरूलाई पनि पंगु बनाउने उनले उल्लेख गरेका छन् ।

उनले भनेका छन्-

कुलमान घिसिङलाई शून्य नम्बर दिने सचिव र सहसचिवको टोलीलाई मैले माइनस ९९ नम्बर दिन्छु । त्यसता विवेकहीन कर्मचारीले देश डुबाउँछन् र नेताहरूलाई पंगु बनाउँछन । अनि आफूलाई दु:ख दिने मन्त्रीकै क्षेत्रबाट अब आउने संघीय चुनावमा लडेर गुल्ट्याइदिने आँट गर्न कुलमान घिसिङलाई सुझाव दिन्छु ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  २ : ३० बजे

क्षतिग्रस्त सिंहदरबारका भवनमा रङरोगन, जलेका रुखहरूले हाल्दैछन् पालुवा

काठमाडौं– गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा सिंहदरबारमा

राजेन्द्र महतोसँग कुरा नमिलेपछि सचिव पद त्यागेकी सुधा आफैं बनिन् मन्त्री

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हाल्ने जिम्मेवारी त्यही मन्त्रालयकी पूर्वसचिवको

चितवनमा भूमिगत विद्युतीकरण ६५ प्रतिशत पूरा

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरण हालसम्म

तीन महिनामा करिब चार खर्बको व्यापार घाटा

काठमाडौं– चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा मुलुकले

नेपाललाई अमेरिकाले दियो २६३ रनको विशाल चुनौती

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आइतबार भइरहेको खेलमा