पूर्वराजालाई नेपालको सुझाव- देश विकास गर्ने रहर भए चुनाव लडेर प्रधानमन्त्री बन्नू « Khabarhub

पूर्वराजालाई नेपालको सुझाव- देश विकास गर्ने रहर भए चुनाव लडेर प्रधानमन्त्री बन्नू


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राजसंस्था इतिहास भइसकेकाले फर्केर आउने कुनै सम्भावना नरहेको बताएका छन् ।

शुक्रबार आफ्नो जन्मदिनका अवसरमा आफ्नै निवास कोटेश्वर बिरुवा रोप्दै अध्यक्ष नेपालले राजसंस्था फर्कने कुनै सम्भावना नरहेको बताए ।

देश विकास गर्ने चाहना भए चूनाव लडेर प्रधानमन्त्री बन्न पनि उनले पूर्वराजालाई सुझाएका छन्। उनले भूमाफियासँग मिलेर वर्तमान सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएको आरोप पनि लगाए ।

आफूले ल्याएको अध्यादेश फेल वा निष्क्रिय भए सरकारलाई नैतिक संकट पर्ने उनको भनाइ छ । अध्यक्ष नेपालले दलसम्बन्धी कानुन ल्याएर फुटाउने षडयन्त्रकारीहरूको अन्त्य हुने भन्दै आफ्नो पार्टी कुनै हालतमा नफुट्ने जिकिर गरे ।

रौतहटबाट पहिलोपटक अभियानका रूपमा सुरुवात गरिएको वृक्षारोपण अभियानलाई नेपालले ऐक्यवद्धता जनाएका छन्।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ५ : ५० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै