पूर्वराजालाई नेपालको सुझाव- देश विकास गर्ने रहर भए चुनाव लडेर प्रधानमन्त्री बन्नू « Khabarhub

पूर्वराजालाई नेपालको सुझाव- देश विकास गर्ने रहर भए चुनाव लडेर प्रधानमन्त्री बन्नू


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राजसंस्था इतिहास भइसकेकाले फर्केर आउने कुनै सम्भावना नरहेको बताएका छन् ।

शुक्रबार आफ्नो जन्मदिनका अवसरमा आफ्नै निवास कोटेश्वर बिरुवा रोप्दै अध्यक्ष नेपालले राजसंस्था फर्कने कुनै सम्भावना नरहेको बताए ।

देश विकास गर्ने चाहना भए चूनाव लडेर प्रधानमन्त्री बन्न पनि उनले पूर्वराजालाई सुझाएका छन्। उनले भूमाफियासँग मिलेर वर्तमान सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएको आरोप पनि लगाए ।

आफूले ल्याएको अध्यादेश फेल वा निष्क्रिय भए सरकारलाई नैतिक संकट पर्ने उनको भनाइ छ । अध्यक्ष नेपालले दलसम्बन्धी कानुन ल्याएर फुटाउने षडयन्त्रकारीहरूको अन्त्य हुने भन्दै आफ्नो पार्टी कुनै हालतमा नफुट्ने जिकिर गरे ।

रौतहटबाट पहिलोपटक अभियानका रूपमा सुरुवात गरिएको वृक्षारोपण अभियानलाई नेपालले ऐक्यवद्धता जनाएका छन्।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ५ : ५० बजे

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : मन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने

प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत

हुम्ला– नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य रु एक हजार ७००

दसैँमा करिब १० लाख सर्वसाधारण गाउँघर फर्किँदै छन्

काठमाडौं– दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट गाउँघर फर्किने सर्वसाधारणको भीडभाड बढिसकेको

यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ