शिक्षामन्त्री भट्टराई भन्छिन्- टाँका खोलेँ, चाँडै काममा निस्कन्छु « Khabarhub

शिक्षामन्त्री भट्टराई भन्छिन्- टाँका खोलेँ, चाँडै काममा निस्कन्छु


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको स्वास्थ्यमा सुधार आएको छ । उनले सफल शल्यक्रिया भएको र स्वास्थ्यमा निरन्तर सुधार आएकाले चाँडो काममा निस्कने बताएकी छन् । 

घाँटीको शल्यक्रिया सकेर शुक्रबार अस्पतालमा टाँका खोलिएको र केही दिनपछि पुनः काममा निस्किने जानकारी उनले सामाजिक सञ्जालबाट गराएकी छन् । 

स्वास्थ्यमा समस्या देखिएपछि उनी फागुन ८ गतेदेखि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर उपचाररत थिइन् । 

घाँटीमा फोका आएर सुन्निएपछि उनी  शिक्षण अस्पताल भर्ना भएकी हुन् । फागुन ६ गतेबाट उनी मन्त्रालय जान सकेकी छैनन् । 

यस्तो छ शिक्षामन्त्री भट्टराईको फेसबुक स्ट्याटस : 

हार्दिक आभार सहित कृतज्ञता ज्ञापन गर्दछु ।
मिति २०८१र११र०९ गतेको दिन स्वास्थ्यमा समस्या आएपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएको थिएँ । मिति २०८१र११र१५ गते मेरो घाटीको शल्यक्रिया सम्पन्न भयो । आज मिति २०८१ र ११र२३ गते अस्पतालमा उपस्थित भएर टाका खोलिएको छ र केही दिनको आराम पछि पुनः काममा निस्किने छु ।
मेरो शल्यक्रिया कुशलतापूर्वक सम्पन्न गर्नुहुने वरिष्ठ शल्यचिकित्सक डा। कुञ्जन आचार्य, डा। प्रशान्त त्रिपाठी तथा एनेस्थेसियोलजिष्ट डा। मेघा कोइराला र वहाँहरूको टिममा समावेश सबै चिकित्सक तथा नर्सहरूप्रति म हार्दिक आभार प्रकट गर्दछु ।
त्यसै गरी, मेरो उपचारका क्रममा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने श्वासप्रश्वास विशेषज्ञ डा.सन्तकुमार दास, नाक(कान(घाँटी विशेषज्ञ प्रा.डा.पविना रायमाझी, डा.रवीन्द्र प्रधानाङ्ग, प्रा.डा. बिभु प्रधान, प्रा.डा.नरमाया थापा, डा। उर्मिला गुरुङ, डा.मतीना सायमी (एन्डोक्राइन), डा.नरेश पराजुली (एन्डोक्राइन), डा.राहुल पाठक (ग्यास्ट्रो एण्ड मेडिसिन), डा.निरज बम (श्वासप्रश्वास मेडिसिन), डा. मिलन गैरे (आन्तरिक मेडिसिन), नर्सिङ निर्देशक कल्पना पिया, नर्सिङ सुपरभाइजर जयन्ती राई, नर्सिङ इन्चार्ज दिलमाया बुढाथोकी र कल्पना अधिकारी सहित सबै प्रकारले सहयोग गर्नुहुने सम्पूर्ण चिकित्सक र नर्सहरूप्रति म हार्दिक आभार प्रकट गर्दछु ।
 उपचारको सुरुवातदेखि नै आवश्यक परामर्श तथा मार्ग निर्देशन गर्नुहुने चिकित्सा शास्त्र अध्ययन  संस्थानका डिन प्रा.डा. मोहन शर्मा, पूर्व डिन प्रा डा.दिव्या सिंह शाह, अस्पताल निर्देशक प्रा.डा.सुभाष आचार्य, सहायक निर्देशक डा. सामरिका दाहाल, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. प्रज्वल श्रेष्ठ र ध्रुव रिमाल सरप्रति हार्दिक कृतज्ञता सहित आभार व्यक्त गर्दछु ।
त्यसै गरी, मेरो उपचारका क्रममा खटिनु हुने सम्पूर्ण वरिष्ठ चिकित्सक, चिकित्सक, नर्स, कर्मचारी तथा अस्पतालका सहयोगीहरूले देखाउनु भएको माया र सद्भावका लागि म हृदयदेखि नै आभारी छु । वहाँहरू सबैप्रति म हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ५ : ५९ बजे

स्पिकर बजाउने तयारी गर्दै गर्दा करेन्ट लागेर १८ वर्षीय युवकको मृत्यु

बारा – बाराको फेटा गाउँपालिकामा करेन्ट लागेर १८ वर्षीय युवकको

मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा सहभागी हुन आह्वान

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय, धनगढीले मतदाता नामावली दर्ता

इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आठ दिनदेखि डढेलो जारी

सुराबाया – जाभा टापुको एउटा राष्ट्रिय निकुञ्जमा विनाशकारी डढेलोले ५००

जेल पुगेका जेन-जी नेता सोडारीलाई राहत, १ लाख धरौटी तोक्ने जिल्लाको निर्णय बदर

काठमाडौं- सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको रिटमा पक्राउ परेका निवेदकहरूबाट जनही १

झारखण्डको राँचीमा प्रदर्शनकारी विद्यार्थी र प्रहरीबीच ठाउँठाउँमा झडप

काठमाडौं- भारत झारखण्ड राज्यको राजधानी राँचीमा सरकारी सेवाको भर्ना परीक्षामा