एलन मस्कलाई धक्का- महत्वाकांक्षी स्पेसएक्स रकेट विस्फोट, दोस्रो पटक पृथ्वीमा खसे भग्नवाशेष « Khabarhub

एलन मस्कलाई धक्का- महत्वाकांक्षी स्पेसएक्स रकेट विस्फोट, दोस्रो पटक पृथ्वीमा खसे भग्नवाशेष


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

बिहीबार टेक्सासबाट लन्च गरिएको केही बेरमै अर्बपति व्यापारी एवम् अमेरिकामा ट्रम्प प्रशासनका सदस्यद एलन मस्कको कम्पनी स्पेसएक्सको एक रकेटमा विस्फोट भएको छ।

अन्तरिक्षमा पठाइएको उक्त रकेट विस्फोट भएपछि अमेरिकामा कयौँ विमानस्थलमा हवाई उडान नै रद्द गर्नुपरेको छ। उक्त अन्तरिक्ष यानका भग्नवाशेषलाई लिएर अमेरिकी प्रशासनले चेतावनी जारी गरेपछि एयरपोर्ट बन्द गरिएको थियो ।

स्पेसएक्सले चालक दलका सदस्यबिनाको अर्थात् मानवरहित स्पेसशिप अन्तरिक्षमा जाने क्रममा गायब भएको थियो । उक्त यानसँग अहिले सम्पर्कविच्छेदको अवस्था रहेको बताइएको छ।

अहिलेसम्मकै सबैभन्दा ठूलो रकेट स्पेसएक्स स्टारशिप प्रक्षेपणको केही समयपछि पृथ्वीमा रहेको नियन्त्रण कक्षबाट सम्पर्कविहीन भएको थियो ।

यस घटनामा कसैलाई कुनै किसिमको चोट लागेको छैन । तर क्यारिबियन सागरकोके द्वीपीय देशबाट आएका तस्बिरहरूमा आकाशबाट आगोमा परिणत भएको भग्नवाशेष पृथ्वीतिर झरिरहेको देखिएको छ ।

यो अन्तरिक्ष यन परीक्षणको आठौं मिसन थियो । मस्कको कम्पनीको यान लगातार दुई पटक विस्फोट भएर असफल भइसकेका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ६ : ४० बजे

भरतमोहन पुत्रीको चुनावी बाचा : युवालाई मनपरेको काम, गोजीमा दाम, गाउँ-ठाउँमा नाम

काठमाडौं- पूर्वअर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारी पुत्री लीमा राष्ट्रिय स्वतन्त्र पार्टी

बुधबार १११ वटा कम्पनीको बढ्यो सेयर मूल्य

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ

संसद् फर्काउन कांग्रेसले दिएको रिटमाथि सकियो सुनुवाइ, आदेशको प्रतिक्षा

काठमाडौं- गत भदौ २७ गते विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर