प्रदेश प्रमुखलाई आदिवासी जनजाति आयोगले बुझायो वार्षिक प्रतिवेदन « Khabarhub

प्रदेश प्रमुखलाई आदिवासी जनजाति आयोगले बुझायो वार्षिक प्रतिवेदन


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँलाई आदिवासी जनजाति आयोगले वार्षिक प्रतिवेदन बुझाएको छ । आदिवासी जनजाति आयोगले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुखलाई शुक्रबार बुझाएको हो । 

आयोगले गरेका गतिविधि, आदिवासी जनजातिको तथ्याङ्क, उनीको अवस्था, राजनीतिमा आदिवासी जनजातिको पहुँच लगाएतका विषयहरू समेटिएको प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाइएको हो । आयोग सदस्य सूर्यबहादुर गुरुङले प्रदेश प्रमुखको कार्यालयमा पुगेर प्रतिवेदन बुझाएका हुन् । 

प्रदेश प्रमुख मियाँले आदिवासी जनजाति आयोगको प्रतिवेदन अध्ययन गर्ने बताए । उनले प्रतिवेदनमा समावेश भएका विषयमा प्रदेश सभा सदस्यहरूलाई आवाज उठाउन लगाउने उनले बताएका छन् । उनले प्रदेशमा रहेका आदिवासी जनजातिहरूको पक्षमा प्रदेश सभामा बोल्न लगाउने बताएका हुन् । 

आदिवासी जनजातिका समस्या समाधानका लागि सम्बन्धित निकायलाई पहल गर्ने बताएका छन् । आयोगले अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण सम्बन्धी अन्तरक्रिया गरेको छ। 

आयोगका सदस्य गुरुङले सुदूरपश्चिम प्रदेशमा अन्य प्रदेशको तुलनामा आदिवासीहरूको सङ्ख्या कम रहेको बताएका छन् । उनले आयोगको प्रतिवेदनमा सुदूरपश्चिमको अवस्थाको विषयमा छुट्टै लेखिएको समेत बताएका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ६ : ५४ बजे

हामी चुनाव गराउनै लागिरहेका छौँ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन

सरकारका १०० दिन : जगाउन सकेन आशा, चुनाव पनि अनिश्‍चित

काठमाडौं– जेन–जी पुस्ताका युवाहरूले भदौ २३ र २४ गते गरेको

तातोपानी गाउँपालिकाद्वारा आवश्यक नीतिगत व्यवस्थासहित पुँजीगत खर्चमा जोड

जुम्ला– तातोपानी गाउँपालिकामा हालसम्म सात  करोड २४ लाख ९० हजार

कानुनलाई सरल बनाउन अध्ययन सुरु छ : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनीलकुमार सिन्हाले कानुन निर्माणको

चीन-नेपाल सम्बन्ध अद्वितीय छ : राजदूत छन सङ

काठमाडौं– नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको