विभेदको प्रवृत्तिलाई समयमै अन्त्य गर्नुपर्छ : राष्ट्रियसभा अध्यक्ष « Khabarhub

विभेदको प्रवृत्तिलाई समयमै अन्त्य गर्नुपर्छ : राष्ट्रियसभा अध्यक्ष


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पछिल्लो समय बदलिएको समाजमा महिला तथा बालिकामाथि भइरहेका हिंसा र विभेदका प्रवृत्तिलाई समयमै निस्तेज गर्न जरुरी रहेको बताएका छन् ।

११५औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले महिला हिंसा र विभेदका प्रवृत्तिलाई समयमै निस्तेज पार्न महिलाको नेतृत्वदायी भूमिका स्थापित गर्दै स्रोत, साधन, अवसर तथा लाभमा समान पहुँच सुनिश्चित गर्न, समानताको व्यावहारिक प्रत्याभूति दिलाउन र बालिकाको शिक्षा, स्वास्थ्य र सुरक्षामा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।

अध्यक्ष दाहालले नेपालमा महिलाको सहभागितामा भएका विभिन्न सशक्त र विद्रोहात्मक आन्दोलनको प्रतिफल नेपालको संविधानले महिलाको हकलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको उल्लेख गरेका छन् ।

राज्यको सर्वोच्च तहदेखि स्थानीय सरकार तथा राज्यका सम्पूर्ण अङ्गहरूमा महिलाको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्थापित गरेको छ । संविधान र ऐनमार्फत् महिलाका पक्षमा व्यवस्था गरिएका कानूनको कार्यान्वयन गरेर मात्रै महिला अधिकार, समानता, सशक्तीकरणका विषय पूरा गर्न सकिने उनको भनाइ छ ।

अध्यक्ष दाहालले सबैखाले लैङ्गिक विभेद र असमानता अन्त्य गर्दै श्रमिक महिलाका हक अधिकारको प्रत्याभूति गराउन दिवसले सबैलाई प्रेरणा मिल्ने विश्वाससमेत व्यक्त गरे ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ८ : ०५ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल