बेलौरी नगरपालिका– ३ का वडाध्यक्ष रिजालको निधन « Khabarhub

बेलौरी नगरपालिका– ३ का वडाध्यक्ष रिजालको निधन


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका– ३ का वडाध्यक्ष सीताराम रिजालको निधन भएको छ ।

फोक्सोसम्बन्धी समस्याबाट पीडित ७२ वर्षीय रिजालको आफ्नै निवासमा गएराति निधन भएको हो ।

नगरपालिकाका अनुसार आज बिहान १० बजेदेखि ११ बजेसम्म उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि वडा कार्यालयमा राखिने भएको छ । दिउँसो बेलौरीको भकुण्डास्थित आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने रिजालका परिवारजनले बताएका छन् ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा रिजाल वडाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

रिजालको निधनबाट नगरपालिकाले महत्त्वपूर्ण व्यक्ति गुमाएको नगर उपप्रमुख जोगराम चौधरीले बताएका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ९ : ५७ बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ