त्रिविमा नेविसंघले गरेको तोडफोडको विरोधमा उत्रियो अखिल « Khabarhub

त्रिविमा नेविसंघले गरेको तोडफोडको विरोधमा उत्रियो अखिल


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका रेक्टर खड्ग केसी र विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन शंकर खनालको कार्यकक्षमा भएको तोडफोड प्रति अनेरास्ववियले निन्दा गरेको छ ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले विज्ञप्ति जारी गरी नेविसंघबाट निर्वाचित स्ववियु सदस्यसहितको समूहले गराइएको सो आक्रमण शिक्षण संस्थानको गरिमा र लोकतान्त्रिक अभ्यासविरुद्धको गम्भीर आघात भएको उल्लेख गरेका छन् ।

‘हिंसा र तोडफोड कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन, यस घटनामा संलग्न व्यक्तिहरूलाई कानुन अनुसार कारबाही हुनुपर्छ भन्ने जोडदार माग गर्दछु, साथै, नेविसंघको नेतृत्वलाई आग्रह गर्दछु— अराजक प्रवृत्तिमा संलग्न आफ्ना कार्यकर्तामाथि संगठनात्मक कारबाही गरी स्ववियु निर्वाचनको वातावरण स्वास्थ्य बनाउन अनुरोध गर्दछु’, उनले भनेका छन् ।

शिक्षा प्रतिष्ठानभित्रको अशान्ति कुनै पनि विद्यार्थीलाई स्वीकार्य हुन नसक्ने अनेरास्ववियुले स्पष्ट पारेको छ । ‘स्वस्थ प्रतिस्पर्धा र लोकतान्त्रिक मूल्यमान्यताभित्र रहेर अघि बढौँ’, विज्ञप्तिमा लेखिएको छ ।

नेविसंघका कार्यकर्ताले बिहीबार डीन खनाल र रेक्टर केसीको कार्यकक्षमा तोडफोडसहित आक्रमण गरेका थिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ४ : १६ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा