सुर्खेत र धनगढी विमानस्थलमा यती एअरलाइन्सको परीक्षण उडान « Khabarhub

सुर्खेत र धनगढी विमानस्थलमा यती एअरलाइन्सको परीक्षण उडान


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

सुर्खेत । वायुसेवा कम्पनी यती एअरलाईन्सले शनिबार सुर्खेत र धनगढी विमानस्थलमा सफलतापूर्वक परीक्षण उडान सम्पन्न गरेको छ । यती एयरलाईन्सले कर्णाली र सुदुरपश्चिममा सेवा विस्तारका लागि परीक्षण उडान गरेको हो ।

यती एअरलाईन्सको एन–एएमएन एटीआर ७२ सिटे विमानले कर्णाली प्रदेशको सुर्खेत विमानस्थल र सुदुरपश्चिम प्रदेशको धनगढी विमानस्थलमा सफलतापूर्वक परीक्षण उडान गरेको यति यएरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए ।

‘नेपालगन्ज विमानस्थलबाट उडेको यतीको विमान सुर्खेत विमानस्थलमा आज दिउँसो सवा १२ बजे अवतरण गरेको थियो । भने नेपालगन्जबाटै उडेको सोही विमान दिउँसो साढे १ बजे धनगढी बिमानस्थलमा अवतरण गरेको थियो,’ उनले भने, ‘परीक्षण उडानमा रहेको उक्त विमानलाई यती एअरलाईन्सका प्रशिक्षक पाइलटद्वय क्याप्टेन समर्थरत्न तुलाधर र क्याप्टेन राजु राजवंशीले उडान भरेका थिए ।’

परीक्षण उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका तथा यती एअरलाईन्सका प्राविधिक तथा प्रतिनीधिहरुको टोली साथमा रहेका थिए ।

यात्रुहरुको मागलाई ध्यानमा राखी उडानको दायरा बढाउदै आफ्नो बजार हिस्सा विस्तार गर्ने उद्देश्य यती एअरलाईन्सले परीक्षण उडान गरेको जनाएको छ ।

यती एअरलाईन्सले सात वटा एटीआर ७२ विमानमार्फत नियमित रुपमा काठमाडौं, चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगन्ज विमानस्थललगायत पर्वतीय उडानहरु गर्दै आएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ४ : ४३ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको