सुर्खेत र धनगढी विमानस्थलमा यती एअरलाइन्सको परीक्षण उडान « Khabarhub

सुर्खेत र धनगढी विमानस्थलमा यती एअरलाइन्सको परीक्षण उडान


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

सुर्खेत । वायुसेवा कम्पनी यती एअरलाईन्सले शनिबार सुर्खेत र धनगढी विमानस्थलमा सफलतापूर्वक परीक्षण उडान सम्पन्न गरेको छ । यती एयरलाईन्सले कर्णाली र सुदुरपश्चिममा सेवा विस्तारका लागि परीक्षण उडान गरेको हो ।

यती एअरलाईन्सको एन–एएमएन एटीआर ७२ सिटे विमानले कर्णाली प्रदेशको सुर्खेत विमानस्थल र सुदुरपश्चिम प्रदेशको धनगढी विमानस्थलमा सफलतापूर्वक परीक्षण उडान गरेको यति यएरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए ।

‘नेपालगन्ज विमानस्थलबाट उडेको यतीको विमान सुर्खेत विमानस्थलमा आज दिउँसो सवा १२ बजे अवतरण गरेको थियो । भने नेपालगन्जबाटै उडेको सोही विमान दिउँसो साढे १ बजे धनगढी बिमानस्थलमा अवतरण गरेको थियो,’ उनले भने, ‘परीक्षण उडानमा रहेको उक्त विमानलाई यती एअरलाईन्सका प्रशिक्षक पाइलटद्वय क्याप्टेन समर्थरत्न तुलाधर र क्याप्टेन राजु राजवंशीले उडान भरेका थिए ।’

परीक्षण उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका तथा यती एअरलाईन्सका प्राविधिक तथा प्रतिनीधिहरुको टोली साथमा रहेका थिए ।

यात्रुहरुको मागलाई ध्यानमा राखी उडानको दायरा बढाउदै आफ्नो बजार हिस्सा विस्तार गर्ने उद्देश्य यती एअरलाईन्सले परीक्षण उडान गरेको जनाएको छ ।

यती एअरलाईन्सले सात वटा एटीआर ७२ विमानमार्फत नियमित रुपमा काठमाडौं, चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगन्ज विमानस्थललगायत पर्वतीय उडानहरु गर्दै आएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ४ : ४३ बजे

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको