कार्ययोजनाको प्याकेजसहित नेविसंघ स्ववियु निर्वाचनमा होमिँदै « Khabarhub

कार्ययोजनाको प्याकेजसहित नेविसंघ स्ववियु निर्वाचनमा होमिँदै


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि व्यवहारिक र वैज्ञानिक घोषणापत्र तयार गर्न उपसमितिहरू गठन गरेको छ ।

नेविसंघ स्ववियु निर्वाचन–२०८१ घोषणा पत्र समितिका संयोजक विकल राईको सभापतित्वमा बसेको बैठकले विभिन्न १४ वटा उपसमितिहरू गठन गरेको हो ।

जसअन्तरगत समग्र प्राविधिक शिक्षा समन्वय तथा अध्ययन उपसमितिको संयोजकमा पुजन तिमल्सिना, राष्ट्रिय उपलब्धि अध्ययन उपसमितिमा मन्जु विश्वकर्मा, भूगोल विशेष विद्यार्थी समन्वय तथा अध्ययन उपसमितिमा धनबहादुर बुढालाई चयन गरिएको छ ।

यस्तै सुझाव संकलन उपसमितिमा रिजन नरसिंह केसी, त्रिवि सुधारसम्बन्धि नीतिगत अध्ययन उपसमितिमा गोमा राई, कानुन संकाय समन्वय उपसमितीमा सपना गौतम, मिडिया समन्वय उपसमितिस् राजेन्द्र रोकाया, विज्ञान तथा प्रविधि समन्वय उपसमितिमा चन्द्र उप्रेतीलाई संयोजक बनाइएको छ ।

त्रिभुवन विश्वविद्यालय समन्वय तथा अध्ययन उपसमितिमा सुशील पोखरेल, प्रविधि व्यवस्थापन उपसमितिमा साम्राज्यराज आचार्य, चिकित्सा शिक्षा समन्वय उपसमितिमा सुमन ओली, व्यवस्थापन तथा अर्थशास्त्र विषयक अध्ययन उपसमितिमा महेश खत्री, कला संकृति तथा साहित्य विषयक उपसमितिमा माधवप्रसाद पाण्डे र उद्यमशिलता विकास अध्ययन उपसमितिमा नितान्तसिंह बिष्टलाई चयन गरिएको छ ।

राई संयोजकत्वको नेविसंघ घोषणा पत्र समितिले स्ववियु निर्वाचनको स्वागत गर्दै घोषणापत्र लेखन प्रारम्भ गरिसकेको छ । देशको शैक्षिक मुद्दा विद्यार्थीहरुको भावना र विचार समेट्न व्यापक रुपमा सुझाव संकलन गर्न र प्रभावकारी कार्यसम्पादन सुनिश्चित गर्दै व्यवहारिक र वैज्ञानिक घोषणापत्र तयार गर्न उपसमितिहरु गठन गरिएको संयोकज राईले जानकारी दिए ।

उनले विद्यार्थीको जीवनसँगसम्बन्धित समस्याहरू समाधान तथा नीतिगत सुधारका लागि कार्ययोजनाको प्याकेजसहित नेविसंघले स्ववियु निर्वाचनमा सहभागी हुने निर्णय गरेको पनि बताए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ४ : ५७ बजे

दिक्तेल–चखेवाभञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा छ घर जोखिममा

खोटाङ – मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको माम्खामा ग्याबिन बाल (तारजालीसहितको

टिकटकर तुलसा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं – जिल्ला अदालत ललितपुरले टिकटकर तुलसा भन्ने तुल्सी अधिकारीलाई

करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु

झापा – झापाको अर्जुनधारामा आज दिउँसो एक जनाको माछा मार्ने

तातो लहरसम्बन्धी विशेष बुलेटिन : १४ जिल्लामा सतर्क रहन आग्रह

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले तातो दिन वा

वासिङ्टन सम्झौता अन्तिम मौका : लेबनानी राष्ट्रपति

बेरुत, लेबनान – वाशिङ्गटनमा इजरायलसँगको वार्तापछि घोषणा गरिएको युद्धविराम कार्यान्वयन