इ–रिक्सा चालकसहित १३ सरसफाईकर्मी महिलालाई सम्मान « Khabarhub

इ–रिक्सा चालकसहित १३ सरसफाईकर्मी महिलालाई सम्मान


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

भैरहवा – ‘सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रम गरी शनिबार ११५औँ अन्तरराष्ट्रिय महिला दिवस मनाइएको छ ।

सरकार र सरोकारवाला निकाय तथा विभिन्न महिला संगठनले यस दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ महिला दिवस मनाएका छन् ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले पनि शनिबार बिहान महिला दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम गरेको छ । कार्यक्रममा सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खाँको अध्यक्ष्ता रहेको थियो भने लुम्बिनी सभा सदस्य हेमा बेलबासेको प्रमुख आथित्यतामा कार्यक्रम समपन्न भएको थियो ।

कर्यक्रममा बोल्दै प्रमुख अतिथि तथा लुम्बिनी सभा सदस्य हेमा बेलबासे नारी दिवस शुभकामना दिदै यो दिवस पर्वको रुपमा नाउदै आएको बताएकी छन । “महिलाहरुले पहिला आफुमा सुधार ल्याउनु आवश्यक छ, अनि घर,समाज, बल्ल देश परिवर्तन हुन्छ” उनले बताइन ।

यसैगरी, सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खाँले महिलाहरुले आफ्नो हक अधिकारको लागि लड्न सधै अघिसर्न आवश्यक रहेको बताएका छन । महिलाहरुलाई संविधानले दिएको हक अधिकारको भरपुर फाइदा लिनका लागि आग्रह गरे ।

कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारीले महिलाहरुले आफ्नो अधिकार मात्र खोज्ने होइन कि आफ्नो कर्तव्य पनि पुरा गर्नु आवश्यक रहेको बताएकी छन ।

यसैगरी सामाजिक अभियान्ता तथा नमुना एकिकृत विकास परिषका सदस्य ज्ञानु पौडेलले महिलाहरु हरेक पक्षमा अगाडी हुनु आवश्यक रहेको बताएकी छन । महिलाहरुले आट्यो भने कुनै कुरापनि असम्भव छैन अभियान्ता पौडेलले भनिन् ।

नगरपालिकाले महिला दिवसको अवसरमा एकजना इ–रिक्सा चालक महिला सहित १३ जना सरसफाईकर्मी महिलाहरुलाई दोसल्ला ओढाई, प्रमाणपत्र र खाद्यान्न समेत वितरण गरेको थियो ।

विभिन्न संघसंस्थामा आबद्ध रहेका व्यक्तित्वहरुको उपस्थिति नगरपालिकाले बिहान देवकोटा चोकबाट प्रभातफेरी ¥याली निकाल्दै सिद्धार्थनगर नगरपालिकको प्रङ्गणमा आएर सम्पन्न भएको गरेको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ७ : ४३ बजे

सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपराह्नसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीहरूको मत गतगणना जारी

कांग्रेस महामन्त्रीमा पराजित घिमिरेले भने– ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

काठमाडौँ– नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा

बडादसैँको दोस्रो दिन मैतीदेवी मन्दिरमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको आज दोस्रो दिन । आज दसैँ

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरु भएको छ

दसैँको बक्सअफिसमा चार स्टारको भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौँ– नेपाली चलचित्रका लागि दसैँ केवल चाडपर्वको समय होइन, बक्सअफिसमा