विद्या र आरजुको प्रशंसा गर्दै प्रभु साहले भने : ओली-देउवा असफल भइसके, बिदा गर्नुपर्छ « Khabarhub

विद्या र आरजुको प्रशंसा गर्दै प्रभु साहले भने : ओली-देउवा असफल भइसके, बिदा गर्नुपर्छ


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले दलाल दलतन्त्र र नेताहरूको लुटतन्त्रविरुद्धमा तेस्रो जनआन्दोलनको आवश्यकता रहेको बताएका छन् ।

जनताको सर्वोच्चतासहितको लोकतन्त्रका लागि तेस्रो जनआन्दोलन निर्णायक बनाउन जनता सडकमा आउनुपर्ने साहले तर्क गरे ।

११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शनिबार अनामनगरमा आयोजित आजपानिकट आममहिला मोर्चा बागमती प्रदेशको प्रथम प्रदेश भेलालाई सम्बोधन गर्दै साहले यसो भनेका हुन् । उनले लोकतन्त्रको नाममा अहिलेको सरकारले लुट मच्चाएको पनि बताए ।

अहिले दलाल दलतन्त्रका कारण गणतन्त्रको विरोध भइरहेको बताए । जनताको लोकतन्त्रकका लागि निर्णायक आन्दोलनमा जनता आउनुको विकल्प नभएको पनि साहले बताए ।

‘गणतन्त्र, लोकतन्त्रको नाममा नेताहरुले लुट मच्चाएका छन् । राज्यको ढुकुटी सिध्याइसकेको सरकारले हरेक नेपालीको टाउकोमा विदेशी ऋणको भार बोकाउने काम गरेको छ । यस्तो लुटेरा सरकारको विरोधमा नागरिक सडकमा आउनुको विकल्प छैन’, साहले भने, ‘जनताको सर्वोच्चतासहितको लोकतन्त्रका लागि तेस्रो जनआन्दोलनमा सहभागी हुन आह्वान गर्छु ।’

२४ चैतमा आजपाले काठमाडौंमा बृहत् प्रदर्शन र जनसभा गर्न लागेको पनि साहले बताए । अहिलेको नेताहरु केवल लुट, भ्रष्टाचार र विभिन्न काण्डमा लागेर देश र जनताको चाहना पूरा गर्न नसकेको आरोप साहले लगाए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको संविधान अनुसार प्रधानमन्त्री भए पनि बारम्बार उल्लंघन गरेको साहको आरोप छ ।

प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा असफल र असक्षम भएको उनले बताए । उनले ओली र देउवाभन्दा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र परराष्ट्रमन्त्री आरजु राणा सफल भएको बताए ।

ओली जहाँ जादा पनि विरोध र आलोचना भइरहेको बताउँदै उनले ओली अहिले आफ्नै पार्टीसमेत सञ्चालन गर्न असफल भइसकेको दाबी गरे । देउवाबाट पनि राम्रोसँग काम नहुने बताउँदै महिलाले अवसर पाए राम्रोसँग देश वा पार्टी सञ्चालन गर्न सक्ने बताए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ८ : २० बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको