विद्या र आरजुको प्रशंसा गर्दै प्रभु साहले भने : ओली-देउवा असफल भइसके, बिदा गर्नुपर्छ | Khabarhub Khabarhub

विद्या र आरजुको प्रशंसा गर्दै प्रभु साहले भने : ओली-देउवा असफल भइसके, बिदा गर्नुपर्छ


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले दलाल दलतन्त्र र नेताहरूको लुटतन्त्रविरुद्धमा तेस्रो जनआन्दोलनको आवश्यकता रहेको बताएका छन् ।

जनताको सर्वोच्चतासहितको लोकतन्त्रका लागि तेस्रो जनआन्दोलन निर्णायक बनाउन जनता सडकमा आउनुपर्ने साहले तर्क गरे ।

११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शनिबार अनामनगरमा आयोजित आजपानिकट आममहिला मोर्चा बागमती प्रदेशको प्रथम प्रदेश भेलालाई सम्बोधन गर्दै साहले यसो भनेका हुन् । उनले लोकतन्त्रको नाममा अहिलेको सरकारले लुट मच्चाएको पनि बताए ।

अहिले दलाल दलतन्त्रका कारण गणतन्त्रको विरोध भइरहेको बताए । जनताको लोकतन्त्रकका लागि निर्णायक आन्दोलनमा जनता आउनुको विकल्प नभएको पनि साहले बताए ।

‘गणतन्त्र, लोकतन्त्रको नाममा नेताहरुले लुट मच्चाएका छन् । राज्यको ढुकुटी सिध्याइसकेको सरकारले हरेक नेपालीको टाउकोमा विदेशी ऋणको भार बोकाउने काम गरेको छ । यस्तो लुटेरा सरकारको विरोधमा नागरिक सडकमा आउनुको विकल्प छैन’, साहले भने, ‘जनताको सर्वोच्चतासहितको लोकतन्त्रका लागि तेस्रो जनआन्दोलनमा सहभागी हुन आह्वान गर्छु ।’

२४ चैतमा आजपाले काठमाडौंमा बृहत् प्रदर्शन र जनसभा गर्न लागेको पनि साहले बताए । अहिलेको नेताहरु केवल लुट, भ्रष्टाचार र विभिन्न काण्डमा लागेर देश र जनताको चाहना पूरा गर्न नसकेको आरोप साहले लगाए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको संविधान अनुसार प्रधानमन्त्री भए पनि बारम्बार उल्लंघन गरेको साहको आरोप छ ।

प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा असफल र असक्षम भएको उनले बताए । उनले ओली र देउवाभन्दा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र परराष्ट्रमन्त्री आरजु राणा सफल भएको बताए ।

ओली जहाँ जादा पनि विरोध र आलोचना भइरहेको बताउँदै उनले ओली अहिले आफ्नै पार्टीसमेत सञ्चालन गर्न असफल भइसकेको दाबी गरे । देउवाबाट पनि राम्रोसँग काम नहुने बताउँदै महिलाले अवसर पाए राम्रोसँग देश वा पार्टी सञ्चालन गर्न सक्ने बताए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ८ : २० बजे

वैदेशिक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ