जनमतले कोषाध्यक्ष यादवलाई सोध्यो स्पष्टीकरण, जिम्मेवारी पनि खोसियो « Khabarhub

जनमतले कोषाध्यक्ष यादवलाई सोध्यो स्पष्टीकरण, जिम्मेवारी पनि खोसियो


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- डा. सीके राउत नेतृत्वको जनमत पार्टीले कोषाध्यक्ष सुरेन्द्र नारायण यादवलाई कारबाही गरेको छ ।

सप्तरी निवासी उनलाई आर्थिक हिनामिना तथा ठगी गरेको आरोपमा स्पष्टीकरणसँगै जिम्मेवारीबाट पनि निलम्बन गरिएको हो ।

यादवमाथि पार्टीको केन्द्रीय अनुशासन समिति सदस्य सचिव अनिता कुमारी मण्डलले गत फागुन २१ गते विभिन्न आरोप लागेको भन्दै ४ बुँदे स्पष्टीकरण सोधेकी थिइन् ।

यादवमाथि पदीय जिम्मेवारी राम्रोसँग निर्वाह नगरेको,नियमित पार्टी काम छोडेर अमेरिका,कतार र अन्य देश घुम्न गएको पनि आरोप लागेको छ।

यादवले पार्टीका महत्वपूर्ण बैठकमा समेत भाग लिन छोडेको जनाइएको छ। स्पष्टीकरणको पहिलो बुँदामै यादव पार्टीको केन्द्रीय सचिवालय बैठकमा समेत लगातार महिनौँसम्म अनुपस्थित भएको उल्लेख छ ।

नेतृत्वलाई पार्टीको हिसाब नबुझाउने र हरेपटक हिसाब हेरफेर गर्ने गरेको आरोप पनि यादवमाथि लागेको छ।

उनीमाथि २०७९ को निर्वाचनमै पार्टीका अध्यक्ष डा.राउतलाई हराउने उद्देश्यले भूमिका खेलेको गम्भीर आरोप लागेको थियो । उनीमाथि पार्टीभित्र गुटबन्दी गरेको र विभाजनका लागि प्रयत्न गरेको अर्को आरोप लागेकोबारे पनि स्पष्टीकरण सोधिएको छ ।

पार्टीले लगानी शेयर तथा लेबीको नाममा करोडौं रकम उठाई काठमाडौंको कोटेश्वरमा घर किनेर प्रवासी होटल चलाएको आरोप पनि उनलाई लागेको छ ।

जनकपुरधाममा घर तथा स्कुल सञ्चालनसहित विभिन्न कारोबार गरेको आरोपबारे पनि स्पष्टीकरण सोधिएको हो ।

यादवले पार्टीको विधान २०७५ को धारा ३९ (क) को उपाधारा १, २, ३, ४, ५, ६, ८, १०, १३, १४ उल्लंघन गरेकोले किन कारबाही गर्न नपर्ने हो भनेर ७ दिने स्पष्टीकरण सोधिएको हो । यो कारबाही प्रक्रिया चलुन्जेल उनलाई कोषाध्यक्षको जिम्मेवारीबाट पनि हटाइएको जनमतले जनाएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ९ : ३९ बजे

दुई सातादेखि बेपत्ता थिङको शव फेला

काठमााडौं- विगत दुई सातादेखि हराइरहेका मकवानपुरको राक्सिराङ गाउँपालिका–५ निवासी ६१

सुशीलापछि बालेनलाई पनि आयो दलाई लामाका प्रधानमन्त्रीको बधाई

काठमाडौं- नेपालको एक चीन नीतिमाथि प्रश्न उठिरहेका बेला गत भदौको

समयबद्ध कार्ययोजना बनाएर काम गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जनताले तत्काल महसुस

एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा एकसाथ आधा दर्जन समस्या, के भन्यो शिक्षण अस्पतालले ?

काठमाडौं- शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको

चार करोड ११ लाखमा मोहना नदीमा तटबन्ध निर्माण

टीकापुर– वर्षौँदेखि नदी कटानको त्रासमा रहेका कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलास्थित