आज २०८१ साल फागुन २६ गते सोमबारको राशिफल « Khabarhub

आज २०८१ साल फागुन २६ गते सोमबारको राशिफल


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल फागुन २६ गते सोमबार फागुन शुक्ल पक्षको एकादशी तिथि। आमलकी एकादशी व्रत। तदनुसार सन् २०२५ मार्च १० तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। आज गरेको काममा सफलता मिल्नेछ। दीर्घकालीन निर्णय गर्नु उपयुक्त हुनेछ। वैदेशिक रमझमले मन आकर्षित गर्नेछ। परिवारको साथ सहयोग मिल्नेछ।

वृष : दिन सामान्य राम्रो छ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखा पर्नेछन्। परिवारमा मेलमिलापको वातावरण बन्नेछ। राजनीतिक क्षेत्रमा भने ठगिने सम्भावना छ।

मिथुन : दिन राम्रो छ। धन आर्जन हुनेछ। साथीको साथ र सहयोग बढ्नेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : आज तपाईंका लागि शुभग्रहको बहुमत रहेको छ। जमिन सम्बन्धी कारोबार गरेमा नाफा मिल्नेछ। कृषिजन्य वस्तुमा गरेको व्यापारमा फाइदा हुनेछ। परिवारको सहयोग प्राप्त हुनेछ।

सिंह : दिन सामान्य छ। लक्ष्यमा पुग्न धैर्य गर्नुपर्नेछ। हरेक क्षेत्रमा बाधा, अर्चन आइपर्नेछन्। अभिभावकको सल्लाह लिएर अघि बढेमा हरेक क्षेत्रमा सफलता मिल्नेछ।

कन्या : दिन सामान्य छ। साना कुरामा विवाद हुनसक्छ। बोल्दा ख्याल गर्नुपर्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

तुला : दिन राम्रो छ। शिक्षामा गरेको प्रयासबाट सफलता मिल्नेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ। राज्यको तर्फबाट समेत सेवाको अवसर मिल्ने योग छ।

वृश्चिक : बोलीको प्रभाव बढ्नेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। राज्यको तर्फबाट सहयोग मिल्नेछ। बिहान उठेर सूर्य दर्शन गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज हुनेछ। परिवारमा भने खटपटी बढ्ने जोखिम छ।

धनु : तपाईंका लागि आजको दिन सामान्य रहेको छ। व्यापार व्यवसायमा गरेको लगानीबाट फाइदा मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ भने प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मकर : सञ्चित धन खर्च हुने दिन छ। साथीसँग कुरा गर्दा ख्याल गर्नुपर्नेछ। राजनीतिक क्षेत्रमा शत्रु बढ्नेछन्। धार्मिक कार्यका सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

कुम्भ : मन अशान्त बन्नेछ। सानातिना कुरामा धेरै रिस उठ्नेछ। सञ्चित धन खर्च हुनेछ। शिव भजन गर्दा मनमा शान्ति मिल्नेछ। साथीसँग सहकार्य गरेर लगानी गर्नु उचित हुनेछ।

मीन : बोलीको प्रभावले राम्रा काम बन्नेछन्। बोल्दा तीन पटक सोच्नुपर्ने समय छ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। हरेक क्षेत्रमा धैर्य गरेर अघि बढ्नुपर्ने दिन छ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ५ : ०२ बजे

अस्ताए कर्तव्यनिष्ठ अधिकृत यादव भण्डारी, भोटेकोशीले बगाएर पुर्‍यायाे नारायणी किनारमा

काठमाडौँ– गुल्मीको जन्मघरबाट सुरु भएको यादव भण्डारीको जीवनयात्रा सरकारी सेवामा

काठमाडौँ उपत्यकामा गाईजात्राको रौनक (तस्बिरहरू)

काठमाडौँ– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ ।

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका

त्रिशूलीले बगाएर ल्याएको बैंकको भल्ट फोडेर रकम निकाल्ने २९ जना पक्राउ

धादिङ– त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी