गृहमन्त्री भन्छन्- गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन, त्यो भ्रमबाट राजा हौसिन आवश्यक छैन   « Khabarhub

गृहमन्त्री भन्छन्- गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन, त्यो भ्रमबाट राजा हौसिन आवश्यक छैन  


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् । आइतबार बिहान सुर्खेतमा पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री लेखकले गणतन्त्रको विकल्पमा राजतन्त्र हुन नसक्ने बताएका हुन् । 

उनले फालिसकेको राजाले लोकतन्त्रको उपयोग गरिरहेको बताउँदै त्यसलाई कमजोरीका रूपमा नलिन राजालाई चुनौती दिए । 

‘केही मानिसहरूले र पूर्वराजाले गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भनेर भ्रम फैलाइरहेका छन्,’ उनले भने, ‘त्यो भ्रमबाट राजा हौसिन आवश्यक छैन ।’ 

आन्दोलनबाट फालिसकेका राजा नेपालमै बसेर सबै स्वतन्त्रता उपभोग गरेको इतिहास विरलै भएको र आन्दोलनबाट वा क्रान्तिबाट फालिएको राजसंस्थाका राजा आफ्नै देशमा सबै स्वतन्त्रता उपभोग गरेर बसेको इतिहास नेपालमा मात्रै भएको गृहमन्त्री लेखकले बताए ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ११ : ३९ बजे

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का