तराई-मधेस जागरण अभियान रोकेर माओवादी नेताहरू काठमाडौं फर्कँदै  « Khabarhub

तराई-मधेस जागरण अभियान रोकेर माओवादी नेताहरू काठमाडौं फर्कँदै 


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तराई-मधेस जागरण अभियान रोकेर माओवादी नेताहरू काठमाडौं फर्कँदै छन् । 

उनीहरू आज काठमाडौं फर्कन लागेको पार्टी सचिव देबेन्द्र पौडेलको भनाइ छ । 

‘समसामयिक राजनीतिक परिवेशका कारण नेताहरू काठमाडौँ फिर्ता हुन लाग्नुभएको छ ।’ पौडेलले खबरहबलाई भने, ‘भोलि बिहान पदाधिकारी बैठक छ ।’ 

सचिव पौडेलका अनुसार ५ दिनका लागि अभियान रोकिएको हो ।   

राष्ट्रिय राजनीतिमा तरंग फैलाएर काठमाडौँ फर्कँदै पूर्व राजा ज्ञानेन्द्र शाहका समर्थक र राप्रपाहरूले आज काठमाडौँमा प्रदर्शन गर्दै छन् ।

फागुन १२ गतेदेखि चैत ७ गतेसम्म तराई मधेसका जिल्लामा अभियान चलाउन जिल्ला पुगेको माओवादीले आइतबार बारा, पर्सा र चितवनमा कार्यक्रम गर्न लागेको थियो । 

झापाको कचनकवलबाट सुरु भएको जागरण अभियान चैत ७ गते कन्चनपुर पुगेर समापन गर्ने माओवादीको कार्य तालिका थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ११ : ४३ बजे

चीनले अन्तरिक्षमा नयाँ उपग्रह पठायो

एजेन्सी – चीनले २०२६ को अन्तरिक्ष अभियानको सुरुवात गर्दै मङ्गलबार

भाइरल गोर्खोको प्रिमियर : नेपाली पहिरनमा सौगात-श्रृष्टि

काठमाडौं – नायक सौगात मल्ल र नायिका श्रृष्टि श्रेष्ठ केन्द्रीय

गगन-विश्वलाई कांग्रेस संस्थापनको कारबाही, पार्टीबाट पाँच वर्षका लागि निष्कासन

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश

थाइल्यान्डमा रेल दुर्घटना, २२ जनाको मृत्यु

बैंकक– थाइल्यान्डमा उच्च गतिको रेल परियोजना अन्तर्गत निर्माण भइरहेको रेल

सानेपामा पूर्णबहादुर खड्काको ब्रिफिङ : कांग्रेस फुट्ने निश्चित भयो

काठमाडौं- नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अब पार्टी फुट्ने