पूर्वराजा ज्ञानेन्द्रलाई विमानस्थलमा स्वागत गर्न राजेन्द्र लिङदेन जाँदै « Khabarhub

पूर्वराजा ज्ञानेन्द्रलाई विमानस्थलमा स्वागत गर्न राजेन्द्र लिङदेन जाँदै


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


759
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न काठमाडौंमा भव्य र्‍यालीको तयारी भइरहेको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसमेत सो र्‍यालीमा उपस्थित हुने भएका छन्। पार्टीले स्वागतको जिम्मा प्रमुख सचेतक ज्ञानेन्द्र शाही र प्रवक्ता मोहन श्रेष्ठलाई दिएको छ । यद्यपि लिङ्देन पनि पूर्वराजालाई स्वागत गर्न जाने राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

राप्रपाले गौशाला र तीनकुने क्षेत्रमा भेला भएका समर्थकहरू विमानस्थलबाट निर्मल निवाससम्म र्‍याली निकाल्ने बताएको छ ।

पछिल्लो केही समयदेखि पोखरामा बसेर गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरिरहेका पूर्वराजा ज्ञानेन्द्र आज अपराह्न काठमाडौं आउन लागेका हुन् । यस अवसरमा राजावादी दलहरूले राजाको पक्षमा शक्ति प्रदर्शन गर्न लागेका छन्  ।

राजावादीहरूको प्रदर्शनलाई मध्यनजर गरी काठमाडौंमा सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको छ । आज बिहानैदेखि काठमाडौंको नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहितका संवेदनशील पहिचान गरिएका क्षेत्र र मुख्य चोकहरूमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।

यही सन्दर्भमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अध्यक्षतामा जिल्ला सुरक्षा समितिको बैठक समेत बसेको छ । बैठकमा भिड अनियन्त्रित भई हुलहुज्जत, अमर्यादित, अवाञ्छित र गैरकानुनी क्रियाकलाप हुनसक्ने भएकाले त्यसलाई रोक्ने तयारीबारे छलफल भएको जनाइएको छ ।

सरकारले आज आवश्यक परे चारवटै सुरक्षा निकाय परिचालित गर्ने तयारी अनुसार आज बिहानैबाट काठमाडौंका चोकचोकमा बर्दीसहितका र सादा पोशाकका गुप्तचर टोली परिचालित गरेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  १२ : २० बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा