‘होस्टल–३’ को क्लिप टिकटकमा छ्यापछ्याप्ती, कानुनी उपचार खोज्ने निर्देशको चेतावनी | Khabarhub Khabarhub

‘होस्टल–३’ को क्लिप टिकटकमा छ्यापछ्याप्ती, कानुनी उपचार खोज्ने निर्देशको चेतावनी


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फागुन २३ बाट प्रदर्शनमा आएको फिल्म ‘होस्टल–३’ ले दर्शकबाट राम्रो साथ पाइरहेको छ । उच्च अकुपेन्सीका साथ तेस्रो दिनमा प्रदर्शनरत छ ।

अर्कोतर्फ फिल्मका क्लिपहरु सामाजिक सञ्जाल टिकटक छ्याप्छ्याप्ती भेटिन थालेका छन् । ती क्लिपमा फिल्मका महत्त्वपूर्ण दृश्यहरू पनि देख्न सकिन्छ ।

यसले फिल्मको कथावस्तु खुलाउने जोखिम बढेको छ । ती क्लिपहरु फिल्म हेर्न हलमा पुगेका दर्शकले खिचेर हालेको पाइएको छ ।

फिल्मका निर्देशक सशान कँडेलले यस्ता क्लिपहरु सार्वजनिक हुनुलाई पाइरेसी बताएका छन् । साथै, उनले तत्कालन ती क्लिपहरु हटाउन आग्रह गरेका छन् ।

निर्देशक कँडेलले ती क्लिपहरु नहटाए कानुनी उपचारमा लाग्ने चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘तपाईंलाई तत्काल ती क्लिप्स हटाउन अनुरोध गरिन्छ । अन्यथा नेपाल प्रहरी साइबर ब्युरोमार्फन् कानुनी कारबाही गरी फिल्मलाई भएको आर्थिक क्षतिपूर्ति तपाईंबाटै असुल गरिने जानकारी दिइन्छ ।’

अधिकार प्राप्त नभएका व्यक्ति वा संस्थाले यसरी क्लिप राख्नु अपराध हो । यसलाई प्रतिलिपि अधिकार उल्लङ्न गरेको मानिन्छ ।

प्रतिलिपि अधिकार ऐन २०४९ अनुसार यसरी अधिकार नभएका व्यक्तिले फिल्मका दृश्य सार्वजनिक गर्दा १० हजारदेखि एक लाखसम्म जरिवाना र ६ महिना कैद वा दुवै सजाय हुनसक्छ ।

निर्देशक कँडेलको चेतावनी :

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  १ : ४७ बजे

पूर्वाधारबिनै इम्बोस्ड नम्बर प्लेटमा सरकारको बलजफ्ती

काठमाडौँ– आगामी असोज १ गतेदेखि देशभरका सवारीसाधनहरुमा उच्च सुरक्षा प्रणालीसहितको

सङ्घीयतालाई वित्तीय र प्रशासनिक रुपमा प्रभावकारी बनाउनुपर्छ : गगन थापा

पाटन – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई वित्तीय र

टिपर पल्टिएर तमोरमा खस्दा एकजना बेपत्ता

ताप्लेजुङ– यहाँको फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा आज दिउँसो टिपर पल्टिएर तमोर

इम्बोस्ड नम्बर प्लेटबारे महासंघले भन्यो- सरकारी निर्णयको विरोधमा उत्रिनू

काठमाडौं– नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले इम्बोस्ड नम्बर अनिवार्य गर्ने

विदेशमा तीज मनाउन कलाकारको दौडधूप

काठमाडौं – चाहे तीज होस् या दशैं, चाडबाड नजिकिएपछि कलाकारहरुको