माओवादीको पदाधिकारी बैठक सोमबार, राष्ट्रिय राजनीतिबारे छलफल  « Khabarhub

माओवादीको पदाधिकारी बैठक सोमबार, राष्ट्रिय राजनीतिबारे छलफल 


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । बैठक सोमबार बिहान बस्ने बताइएको छ  । 

बैठकमा समसामयिक राजनीतिक घटनाहरूको विषयमा छलफल हुने पार्टी सचिव देवेन्द्र पौडेलले खबरहबलाई बताए । 

आइतबार तराई-मधेस जागरण अभियान रोकेर माओवादी नेताहरू काठमाडौं फर्कँदै छन् । 

काठमाडौंमा पूर्व राजा ज्ञानेन्द्र शाहका समर्थक, राप्रपा र राजावादीहरूले शक्ति प्रदर्शन बढाएपछि माओवादीले अभियान स्थगित गरेको हो । 

राष्ट्रिय राजनीतिमा तरंग फैलाएर प्रदर्शन हुन थालेपछि माओवादी नेताहरू अभियान स्थगित गरेर फर्किएका हुन्  ।  

फागुन १२ गतेदेखि चैत ७ गतेसम्म माओवादीले तराई-मधेसका जिल्लामा अभियान चलाउन जिल्ला–जिल्लामा पुगेको थियो ।

यो पनि पढ्नुहोस् :

तराई-मधेस जागरण अभियान रोकेर माओवादी नेताहरू काठमाडौं फर्कँदै 

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  १ : १२ बजे

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का