जनमतको बैठक जारी, पहिचानवादी पार्टीसँग एकताबारे छलफल हुने  | Khabarhub Khabarhub

जनमतको बैठक जारी, पहिचानवादी पार्टीसँग एकताबारे छलफल हुने 


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनमत पार्टीको केन्द्रीय समिति बैठक जारी छ । बैठक आइतबार र सोमबार बस्ने पार्टी प्रवक्ता शरदसिंह यादवको भनाइ छ । 

बैठक महोत्तरीको  बर्दिबासमा सुरु भएको प्रवक्ता यादवको भनाइ छ । 

यादवका अनुसार संगठनको सबलीकरण, नौलो गणतन्त्र कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्र लाई संस्थागत र संघियता कार्यान्वयनका बारेमा छलफल हुने छ । 

यस्तै समसामयिक राजनीतिक परिवेश र समान विचारधारा भएका पहिचानवादी पार्टीहरूसँग एकीकरणका विषयमा पनि छलफल हुने बताइएको छ । 

पछिल्लो समय नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी एकीकरणको चर्चा चलेको छ । तर यसबारे दुवै पार्टीले यकिन धारणा बनाएका छैनन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  २ : ०१ बजे

पाँच वर्षसम्म गोलबजार–लगडी–गदियानी सडक अधुरै

सिरहा– दुई वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण सुरु भएको गोलबजार–लगडी–गदियानी सडक

आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला

पाल्पा- पछिल्लो समय यहाँका महिला आयआर्जन गर्न घरबास ‘होमस्टे’मा जोडिँदै

टोलटोलमा पुगेर स्वास्थ्य सेवा

गण्डकी– कास्कीको पोखरा महानगरपालिकाले ‘घरघरमा स्वास्थ्य कार्यक्रम’ अन्तर्गत ज्येष्ठ, अशक्त

ट्रयाक खुलेको सत्ताइस वर्षपछि रत्नेचौर–भकुण्डे सडक कालोपत्र थालियो

म्याग्दी- सत्ताइस वर्षअघि ट्रयाक खुलेको म्याग्दीको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गर्न

मध्यपूर्वमा तनाव बढेपछि जी सेभेन बैठक छाडेर अमेरिका फर्किए ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जी सेभेनको बैठकबाट अमेरिका