ज्ञानेन्द्रको स्वागतमा पुगेकाले लगाए प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक नारा | Khabarhub Khabarhub

ज्ञानेन्द्रको स्वागतमा पुगेकाले लगाए प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक नारा


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पोखराबाट आउन लागेका पूर्वराजा ज्ञानेनद्र शाहको स्वागतका लागि त्रिभुवन विमानस्थल परिसरमा पुगेका राजावादीहरू उग्र रुपमा नाराबाजी गरेका छन् ।

नेपालको झन्डासहित पुगेका उनीहरू प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक नाराबाजी गरेका हुन् । उनीहरुले ‘केपी …र, देश छोड्, हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ, राजा आऊ देश बचाऊ’ जस्ता नारा लगाएका हुन् ।

पूर्वराजको पक्षमा नारा लगाएका उनीहरूले प्रधानमन्त्रीविरुद्ध भने गालीगलौजसहित आपत्तिजनक नारा लगाएका हुन् ।

पूर्वराजा ज्ञानेन्द्र पोखराबाट काठमाडौं आउने तयारी छ । उनी पोखरामा साइत नमिलेपछि दही खाएर हिँड्दैछन् ।

उनको स्वागतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालगायत राजावादीहरू एयरपोर्ट पुगिसकेका छन् ।

त्यसगरी अन्य राजावादी संघ-संस्थाले ज्ञानेन्द्रको स्वागतमा सर्वसाधारणलाई सडकमा उतारेका छन् ।

उनीहरूलाई विमानस्थल प्रवेश गर्न रोकिएको छ । सम्भावित सुरक्षा जोखिमलाई ख्याल गरेर विमानस्थल परिसरमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ३ : ०२ बजे

त्रिवेणी सिन्थेटिकले बुझायो बिजुलीको बक्यौताको

काठमाडौं– बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिजले डेडिकेटेड

विश्व वातावरण सुविधाबाट प्राप्त रकमका लागि अर्थले माग्यो प्रस्ताव

काठमाडौं– अर्थ मन्त्रालयले विश्व वातावरण सुविधाबाट प्राप्त रकमका लागि प्रस्ताव

काल्मेगीले फिलिपिन्समा ११४ जनाको मृत्य : आँधीको प्रभाव भियतनाम पुग्यो

काठमाडौं – मध्य फिलिपिन्समा ११४ जनाको मृत्युको कारण बनेको काल्मेगी

जेनजीलाई शंकर पोखरेलको चुनौती: तपाईंका सुशासन आदर्शसँग परीक्षण हुन चाहन्छु

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफू सधैं सुशासनको

कर्णालीको स्याउ ‘ब्राण्डिङ’ गर्दै प्रेमलाल 

राँझा– नेपालगञ्जका फलफूल व्यवसायी प्रेमलाल साहु तेली कर्णालीको स्याउलाई पश्चिम