दोलखामा एसईई परीक्षा दिने विद्यार्थीको संख्या सामान्य वृद्धि  | Khabarhub Khabarhub

दोलखामा एसईई परीक्षा दिने विद्यार्थीको संख्या सामान्य वृद्धि 


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

दोलखा– २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा दोलखाबाट सहभागी हुने विद्यार्थीको संख्या सामान्य वृद्धि भएको छ ।

जिल्ला यस वर्ष २ हजार ८ सय ६१ जना विद्यार्थी परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई दोलखाले जनाएको छ । कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष एसईई परीक्षामा सहभागी हुने विद्यार्थी सामान्य वृद्धि भएका हुन ।

गत वर्ष दोलखाबाट दुई हजार ६ सय ३० जना विद्यार्थी परीक्षामा सामेल भएका थिए। गत वर्षको तुलना यस वर्ष २ सय ३१ जना विद्यार्थी बढेका हुन् ।

आउँदो चैत ७ गतेदेखि सञ्चालन हुने परीक्षाको तयारी भइरहेको निमित्त शिक्षा तथा समन्वय इकाई प्रमुख कविता बस्नेतले बताइन् ।

कार्यालयले यस वर्ष दोलखाका ८७ वटा सामुदायिक विद्यालयका दुई हजार पाँच सय ५० जना ,११ वटा संस्थागत विद्यालयका २ सय ७७ जना र एक खुल्ला विद्यालयका ३४ जना गरी ९९ सय वटा विद्यालयका २ हजार ८सय ६१ जना विद्यार्थी परीक्षा सहभागी हुन लागेका हुन् ।

कार्यालयले एक सूचना सार्वजनिक गर्दै एसईई परीक्षा केन्द्र पनि फाइनल गरेको छ । कार्यालयले १७ वटा परीक्षा केन्द्र कायम गरेको हो ।

जसमा जिरी माध्यमिक विद्यालय जिरी, हनुमन्तेश्वर माध्यमिक विद्यालय वैतेश्वर, वैतेश्वर माध्यमिक विद्यालय नाम्दु, गोल्मेश्वर माध्यमिक विद्यालय तामाकोशी मालु, सितापाइला माध्यमिक विद्यालय तामाकोशी जफे, त्रिभुवन माध्यमिक विद्यालय मेलुङ, दुर्गा माध्यमिक विद्यालय मागापौवा शैलुङ, देवी माध्यमिक विद्यालय बोच भीमेश्वर, कुटीडाँडा माध्यमिक विद्यालय मकैबारी भीमेश्वर, कालिञ्चाेक माध्यमिक विद्यालय चरिकोट परीक्षा केन्द्र तोकेको छ ।

त्यसैगरी पशुपति कन्या मन्दिर माध्यमिक विद्यालय चरिकोट,बुढाभिमसेन माध्यमिक विद्यालय धरमघर भीमेश्वर, भीम माध्यमिक विद्यालय दोलखा, कालिनाग माध्यमिक विद्यालय सुनखानी कालिन्चोक, कालिनाग माध्यमिक विद्यालय सिंगटी, गौरीशंकर माध्यमिक विद्यालय लामाबगर र हलेश्वर माध्यमिक विद्यालय गौरीशंकर सुरिगरी १७ वटा एसईई परीक्षा केन्द्र रहेको कार्यालयले जनाएको छ।

त्यसैगरी गत वर्ष २०७९ सालको ग्रेड वृद्धि परीक्षाको केन्द्र कालिन्चोक माध्यमिक विद्यालय चरिकोट रहेको छ । कार्यालयले गत वर्षको भन्दा यस वर्षको परीक्षा थप कडाइ तथा अनुशासित ढंगले सञ्चालन हुनेसमेत जनाएको छ । -सुबास बस्नेत

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ४ : १४ बजे

कारागारबाट जेनजीलाई रविको सुझाव: घुसपैठ हुनसक्छ सचेत हुनुहोस्

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नख्खु

दक्षिण अफ्रिकामाथि इंग्ल्याण्डको कीर्तिमानी जित

काठमाडौं – आइतबार सम्पन्न तेस्रो एकदिवसीयमा इंग्ल्याण्डले दक्षिण अफ्रिकामाथि एकदिवसीय

सामाजिक सञ्जालसम्बन्धी सरकारको निर्णयविरुद्ध रिट दर्ता गर्न अस्वीकार

काठमाडौं – सर्वोच्च अदालतले सामाजिक सञ्जालसम्बन्धी सरकारले गरेको निर्णयविरुद्ध परेको

प्रचण्डको पोस्टमा बालेनको कमेन्ट: एकादेशमा टिकटक पनि ‘ब्याण्ड’ भएको थियो

काठमाडौं – सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयबारे पूर्वप्रधानमन्त्री एवं

जेनजी आन्दोलनलाई पूर्ण समर्थन छ : सुमना श्रेष्ठ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा सांसद सुमना