पूर्वराजालाई एमाले नेता ढुंगेलले भने- उत्ताउलो बनेर हिँडे निर्मल निवासबाट पनि घोक्रेठयाँक लगाउछौँ « Khabarhub

पूर्वराजालाई एमाले नेता ढुंगेलले भने- उत्ताउलो बनेर हिँडे निर्मल निवासबाट पनि घोक्रेठयाँक लगाउछौँ


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको संगठन विभाग सचिव माधव ढुङ्गेलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ठेगानमा बस्न सुझाव दिएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र उत्ताउलो बन्दै हिँडे बुढेसकालमा निर्मल निवासमा पनि बस्न नपाउने स्थिति आउने ढुङ्गेलले चेतावनी दिए ।

‘मान सम्मानका साथ राज्यले दिएको सुविधा लिएर बस्ने कि निर्मल निवास छोडेर राजनीतिमा आउने बाटो रोज्नुस्, राजा र राजतन्त्रको अनावश्यक हल्ला चलाएर समाजलाई बिथोल्ने, प्रतिगामी तत्त्वहरूको उक्साहटमा हिँड्न थाल्ने हो भने बुढेसकालमा निर्मल निवासबाट घोक्रेठ्याक लगाउनु पर्ने अवस्था आउन सक्छ’, उनले भनेका छन् ।

ढुङ्गेलले अब नेपालमा राजतन्त्र कहिल्यै पनि नआउने बताएका छन् । ‘लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन । लोकतन्त्रको विकल्प अझ अब्बल र सबल लोकतन्त्र नै हो, राजा र राजतन्त्र अब म्युजियममा मात्र हेर्न पाइन्छ’, उनले अगाडि भनेका छन्, ‘पार्टी र व्यक्ति छान्ने अधिकार जनतामा भएको लोकतान्त्रिक व्यवस्थाको सुन्दरता हो, लोकतन्त्रका पक्षधरहरूले सडकमा निस्कनु पर्‍यो भने उकास्ने हुल्लडबाजहरु दुलामा पस्छन् र  पूर्वराजाको कन्तबिजोग हुन्छ भन्ने कुरा नबिर्सनू ।’

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ४ : २६ बजे

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा