‘ड्रोन’ बाट आगलागी नियन्त्रण तालिम गर्दै काठमाडौं महानगर  | Khabarhub Khabarhub

‘ड्रोन’ बाट आगलागी नियन्त्रण तालिम गर्दै काठमाडौं महानगर 


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगलागीका सम्भावित घटनालाई तत्काल नियन्त्रणमा लिन काठमाडौं महानगरपालिकाले प्रविधिको प्रयोगलाई अभ्यास गर्न थालेको छ । ४० जनालाई तालिम र अभ्यास गराइएका महानगरका विपद् व्यवस्थापन विभागका प्रमुख जगदिश अर्यालले जनकारी दिए । 

आज राष्ट्रिय सभा गृहमा भएको अभ्यासमा नगर प्रहरी, वारुण यन्त्र कार्यालयका अग्नि नियन्त्रक, प्रशासन विभाग, विपद् व्यवस्थापन विभाग, प्रशासन विभाग र सूचना प्रविधि विभागका कर्मचारी गराइएको अर्यालले बताए ।  

आगलागीका समयमा क्षति कम गराउन काम गर्नुपर्ने पक्षसँगै अग्नि दुर्घटना हुनै नदिनु सबै भन्दा उत्तम विकल्प भएकाले क्षमता विकास थालिएको अर्यालले बताए । 

महानगरसँग अहिले पूर्ण क्षमतामा काम गर्न सक्ने ४ वटा दमकल छन् । एउटा मर्मतका क्रममा रहेको छ । नयाँ सडकमा एउटा दमकल र एउटा रेस्क्यु ट्रक राखिएको छ । बालाजुमा २ वटा र रामहिटीमा एउटा दमकल छ । 

जनशक्ति ओसारपसार गर्न एउटा भ्यान र एउटा जिप छन् । यसै गरी ८ वटा फायर मोटरसाइकल सञ्चालनमा छन् । दमकलमा पानी थप्न एउटा पानी ट्याङ्कर छ । डुबानका समयमा पानी तानेर फाल्नका लागि ४ वटा पम्प छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ५ : ४७ बजे

ट्रम्पलाई भेट्न जेलेन्स्कीसँगै युरोपेली नेताको जम्बो टोली अमेरिका जाँदै, होला सम्झौता ?

काठमाडौँ– अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न युक्रेनी राष्ट्रपति भोलोदिमिर

‘पिपुल्स च्वाइस’तर्फ पाँच खेलाडी मनोनयनमा

काठमाडौं – बाइसौँ संस्करणको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१’ अन्तर्गत

ओलीलाई १४ महिनापछि मोदीको ‘हरियो झण्डा’

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले निम्तो

पाथीभरा तस्बिर पुस्तक विमोचन

फुङ्लिङ– ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा पाथीभरा क्षेत्रसम्बन्धी तस्बिर पुस्तक विमोचन गरिएको छ