दशौं राष्ट्रिय खेलकुदका लागि मूल आयोजक सचिवालय स्थापना | Khabarhub Khabarhub

दशौं राष्ट्रिय खेलकुदका लागि मूल आयोजक सचिवालय स्थापना


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– दशौं राष्ट्रिय खेलकुदका लागि मूल आयोजक सचिवालय स्थापना गरिएको छ । युवा तथा खेलकुदमन्त्री एवं मूल आयोजक समिति संयोजक तेजुलाल चौधरी, कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी सहभागितामा सचिवालय स्थापना भएको हो । 

आगामी जेठ ३ गतेदेखि १० गतेसम्म कर्णालीमा दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने उद्देश्यका साथ कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरको रंगशाला परिसरमा सचिवालयको गरिएको छ । 

पूर्वनिर्धारित समयमा प्राविधिक कारणले हुन नसकेको अब निर्धारित समयमा प्रतियोगिता सञ्चालन हुने मन्त्री चौधरीले बताए । 

‘कर्णाली प्रदेशको खेलकुदलाई साहसिलो कदमका रूपमा लगानी गरिएको छ,’ उनले भने,‘रंगशाला लगायतका खेल पूर्वाधार निर्माण गरिएको छ ।’
 
निर्धारित समयमा प्रतियोगिता सञ्चालन गर्न जिम्मेवार व्यक्तिहरू अलमल हुन नमिल्ने मुख्यमन्त्री कँडेलले बताए । ‘जेठको महिना खेलकुद प्रतियोगिताको लागि मौसम अनुकूल नहुनेमा आशंका उठिरहेको छ,’ उनले भने, ‘भन्दै उनले खेलसम्बद्ध व्यक्तिले सकारात्मक धारणा जोगाउनु पर्नेछ ।’

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ६ : ०९ बजे

टप एन्ड टी२०: नेपालले मेलबर्न स्टार्ससँग खेल्दै

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा

पाकिस्तानमा बाढीका कारण ३४४ जनाको मृत्यु

बुनेर, पाकिस्तान – पाकिस्तानी उद्धारकर्ताहरूले आइतबार आएको बाढीमा परी कम्तीमा

नेपालगन्जमा कटुवा पेस्तोलसहित दुई पक्राउ

नेपालगन्ज – बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ बाट प्रहरीले कटुवा पेस्तोलसहित दुई

दलित सशक्तीकरण ऐन कार्यान्वयनमा सिरहाका पालिका प्रमुखको सामूहिक प्रतिबद्धता

सिरहा – सिरहाका विभिन्न स्थानीय तहका प्रमुखहरूले दलित सशक्तीकरण ऐन,

इजरायली राष्ट्रपतिसँग विपिन जोशीकी आमा र बहिनीको भेट, रिहाइका लागि पहल गरिदिन आग्रह

काठमाडौं – हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको खोजीका