धरपकडपछि पोखरा महानगरको गेटमा कोटिहोम पक्षधरको धर्ना, प्रजिअले डाके बैठक « Khabarhub

धरपकडपछि पोखरा महानगरको गेटमा कोटिहोम पक्षधरको धर्ना, प्रजिअले डाके बैठक


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

पोखरा– अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरी गण्डकी कोटिहोम पक्षधरले आइतबार पोखरा महानगरपालिका कार्यालयअगाडि धर्ना दिएका छन् । 

लेकसाइडस्थित वाराहीघाटमा गर्ने भनिएको कोटीहोम रोक्न पोखरा महानगरका मेयर धनराज आचार्य लागिपरेको भन्दै कार्यालयअगाडि धर्ना दिइएको हो ।

विश्व हिन्दु महासंघ नेपाल गण्डकी प्रदेश, जिल्ला शाखा कास्की, संस्कृत युवा मञ्च कास्की, मातृ शक्ति विभाग गण्डकी प्रदेश लगायत संस्थाको सहभागितामा बिहान ९ बजेदेखि साढे १० बजेसम्म धर्ना भएको हो । 

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सोमबारका लागि त्रिपक्षीय बैठक आह्वान गरेपछि धर्ना रोकिएको थियो । पोखरामा कोटीहोम रोक्न लागेको भन्दै आयोजक नेपाल मानव सेवा फाउन्डेसनले उच्च अदालत पोखरामा रिट दायर भएको छ । उक्त रिटमा अदालतले विपक्षी पोखरा महानगरपालिकाका नाममा अन्तरिम आदेश जारी गरेको छ । 

उक्त आदेशविरुद्ध पोखरा महानगर भ्याकेटमा गएको छ । अदालतले दुवै मुद्दालाई एक ठाउँमा राखेर हेर्न अग्राधिकार दिएको छ ।

कोटिहोम आयोजक संस्था नेपाल मानव सेवा फाउन्डेसनले पोखराका विभिन्न वडाका चौतारी मुठुर्‍याएको भन्दै कारबाहीको मागसहित अर्को रिटसमेत परेको छ । 

कोटीहोम विवादले उग्ररुप लिएपछि कास्कीका प्रमुख जिल्ला अधिकारीले सोमबारका लागि दुवै पक्षलाई वार्तामा बोलाएका छन् । नेपाल मानव सेवा फाउन्डेसन र पोखरा महानगरपालिकालाई सोमबार वार्ताका लागि बोलाएको प्रजिअ पाण्डेले जानकारी दिए । उनले भने, ‘कोटीहोम विवाद चर्किन थाल्दा शान्ति सुरक्षाको समेत सवाल भएकाले कसरी अगाडि बढ्न सकिन्छ भनेर छलफल गर्न लागिएको हो ।’ 

कोटीहोमका लागि भूमि पूजन भएका दिन फागुन २३ गते वाराहीघाटमा झडप भएको थियो । झडपमा महानगर प्रहरीसहित १३ जना घाइते भएका थिए । कोटीहोम आयोजकतर्फका युवाहरूले रड र भालासहित आक्रमणमा उत्रेको महानगरले जनाएको छ । 

वैशाख १६ देखि जेठ २६ गतेसम्म फाउन्डेसनले पोखरामा कोटीहोम गर्दै छ । काठमाडौंको पशुपतिमा समेत कोटिहोम गरिसकेका विवादित पृष्ठभूमिका र आफूलाई धर्मगुरू बताउने विजय भण्डारीको अगुवाइमा कोटीहोम हुन लागेको हो ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ६ : ४० बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा