पूर्वराजाको आजको र्‍याली किन ‘माग्ने राजा’ फिल्मका लागि खिचियो ? « Khabarhub

पूर्वराजाको आजको र्‍याली किन ‘माग्ने राजा’ फिल्मका लागि खिचियो ?


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


870
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पोखराबाट काठमाडौं आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो भीडले स्वागत गर्‍यो । यो भीड राजावादीहरुको शक्ति प्रदर्शन हो ।

विमानस्थलमा स्वागत गरेर उक्त राजावादीको भीडले ज्ञानेन्द्रलाई निर्मल निवाससम्म छोडेको छ । आजको प्रदर्शनमा राजावादीहरू उल्लेखनीय संख्यामा उपस्थित थिए ।

यो घटनालाई विभिन्न कोणबाट टिकाटिप्पणी र विश्लेषण भइरहेको छ । सबैको तर्कमा एक कुरा समान छ– पूर्वराजाको समर्थनमा उत्रिएको यो सबैभन्दा ठूलो भीड हो ।

यही भीडको दृश्य फिल्म ‘माग्ने राजा’मा समावेश हुने भएको छ । फिल्मका लेखक सामिप्यराज तिमल्सेनाका अनुसार विमानस्थालदेखि गौशलासम्म क्षेत्रको भीड फिल्मका लागि खिचिएको छ ।

फिल्ममा राष्ट्रका नाम जनसागर उत्रिएको दृश्य आवश्यक भएकाले आजको भीड उचित भएको उनको भनाइ छ । भन्छन्, ‘फिल्ममा राष्ट्रका नाममा जनसागर उत्रिएको दृश्य आवश्यक छ । पार्टीको झण्डाहरु नबोकेको भीडको दृश्य चाहिन्थ्यो । आज उपयुक्त दिन पर्‍यो ।’

पूर्वराजाको दृश्य भने फिल्ममा समावेश नहुने लेखक तिमल्सेना बताउँछन् । थप्छन्, ‘राजा वा राजावादी आन्दोलनको प्रसंग फिल्ममा छैन ।’

फिल्म ‘माग्ने राजा’मा नायक आर्यन सिग्देल, कलाकार केदार घिमिरे ‘माग्ने बूढा’, विल्सनविक्रम राई, नायिका वर्षा सिवाकोटी मुख्य भूमिकामा छन् ।

फिल्मको निर्देशक ऋषि लामिछाने र निर्माता मुनाल घिमिरे हुन् । प्रदर्शन मिति आगामी तीजलाई तोकिएको छ ।

यो पनि : ‘माग्ने राजा’ मा आर्यनको ‘एक्स्टेन्डेट केमियो’, कस्तो हो यो भूमिका ?

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ८ : १९ बजे

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहस

भदौका लागि वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदर घट्यो

काठमाडौं– नेपालका वाणिज्य बैंकहरूले आगामी भदौ महिनाका लागि मुद्दतीतर्फको नयाँ

भारतीय प्रधानसेनापति सेठ काठमाडौं आउँदै

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको

बस्तीमा आतंक मच्चाएको बाघ पाँच घण्टापछि नियन्त्रण

चितवन– चितवनको राप्ती नगरपालिका–१ डिपार्ट बस्तीमा बाघको आक्रमणबाट एकजना व्यक्ति तथा

इन्डोनेसिया भूकम्प : मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

लाबुआन बाजो- इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार