पोखरामा अनलाइन जुवा र क्रिप्टोकरेन्सी कारोबार : पाँच जना पक्राउ | Khabarhub Khabarhub

पोखरामा अनलाइन जुवा र क्रिप्टोकरेन्सी कारोबार : पाँच जना पक्राउ


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

पोखरा– कास्की प्रहरीले क्रिप्टोकरेन्सी कारोबार, अनलाइन जुवा र सट्टाबाजी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट विभिन्न इलेक्ट्रोनिक उपकरणहरूसमेत बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं डिएसपी बसन्तकुमार शर्माका अनुसार पक्राउ पर्नेमा पर्वतको जलजला गाउँपालिका–३ घर भई हाल पोखरा–१४ अनुपम मार्ग बस्ने ३१ वर्षीय रुपेन्द्र जिसी, म्याग्दीको बेनी नगरपालिका–५ स्थायी घर भई हाल पोखरा–१४ हवेलीमार्ग बस्ने ३३ वर्षीय बिक्रम बानियाँ रहेका छन् ।

त्यसैगरी, म्याग्दीको रघुगंगा गाउँपालिका–२ घर भई पोखराको अनुपम मार्गमा बस्ने १९ वर्षीय रोजन केसी, म्याग्दीको बेनी नगरपालिका–२ स्थायी घर भई अनुपम मार्गमा बस्ने २२ वर्षीय सज्जन घिमिरे, र म्याग्दीको रघुगंगा गाउँपालिका–२ स्थायी ठेगाना भई पोखराको चाउथेमा बस्ने २८ वर्षीय सन्दीप कटुवाल रहेका छन्। पक्राउ परेका मध्ये रुपेन्द्र जिसी आइटी इन्जिनियरिङमा पीएचडी गर्दै छन् । 

उनी १० वर्ष अमेरिका बसेर एक महिना अघि मात्रै बिदामा आएका थिए । बानियाँको पोखराको चिप्लेढुंगामा फेन्सी पसल रहेको छ। केसी ब्याचलर दोस्रो वर्षमा अध्ययनरत छन्, घिमिरे ब्याचलर चौथो वर्षमा पढ्दै छन्, र कटुवाल एक कन्सल्टेन्सीका सञ्चालक हुन्। बानियाँ र घिमिरे रुपेन्द्रका फुपूका छोरा, केसी रुपेन्द्रको सानी आमाका छोरा र कटुवाल रुपेन्द्रको बहिनी ज्वाइँ रहेका छन्।

रुपेन्द्र जिसीको साढे तीन तल्ले घरबाट क्रिप्टोकरेन्सी कारोबार, अनलाइन जुवा र सट्टाबाजी जस्ता शंकास्पद गतिविधि भइरहेको सूचनाका आधारमा नेपाल प्रहरीको प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलिको कमाण्डमा खटिएको प्रहरी टोलीले शुक्रबार उनीहरूलाई नियन्त्रणमा लिएको हो । 

अनुसन्धानका क्रममा उनीहरूले आफन्तको नाममा विभिन्न बैंक खाताहरू खोली कारोबार गरेको खुलेको छ। ह्वाट्सएप, टेलिग्राम, क्यासएपलगायत एप्समार्फत सञ्चालित जुवा खेलमा हालसम्म १५ करोड रुपैयाँ बराबरको ग्याम्बलिङ कारोबार र १५ करोड बराबरको क्रिप्टोकरेन्सी कारोबार भएको देखिएको कास्की प्रहरीले आइतबार पत्रकार सम्मेलनमार्फत जनाएको छ।

उनीहरूले दैनिक तीन सिफ्टमा खेल सञ्चालन गर्ने, एक सिफ्टमा कम्तीमा ३ हजार अमेरिकी डलरको दरले अनलाइन जुवा खेलाउने गरेको प्रहरीको भनाइ छ। पक्राउ परेकाहरूलाई अभौतिक मुद्रा प्रयोग तथा जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूको साथबाट ३१ थान मोबाइल, २ वटा कम्प्युटर मोनिटर, ३ वटा सिपीयु, ४ वटा ल्यापटप, १ वटा आइप्याड, ४ वटा राउटर, ३ वटा पेनड्राइभ, १ वटा हार्डडिस्क, नगद ७२ हजार रुपैयाँसहित विभिन्न सामान बरामद गरिएको छ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ७ : १९ बजे

हेटौँडा यातायात कार्यालयबाट ५७ करोड राजस्व संकलन

बागमती– यातायात व्यवस्था कार्यालय हेटौँडाले आर्थिक वर्ष २०८१-८२ मा ५७

हितेन्द्रले भने- संकटग्रस्त मधेशका डिप बोरिङ जडान हुने स्थानमा छिटो विद्युतको पहुँच पुर्‍या‍औँ

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सुख्खा संकटग्रस्त

एमाले कार्यकर्तासहित १६ जना प्रवेश गरे एकीकृत समावादीमा

काठमाडौं- नेकपा एमालेका कार्यकर्तासहित १६ जना माधवकुमार नेपाल नेतृत्वको नेकपा

सरकारी अस्पतालको जग्गा अतिक्रमण रोक्न स्वास्थ्य मन्त्रालय सक्रिय

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सरकारी जग्गा दुरुपयोग

बागमतीका मुख्यमन्त्री लामाले संसदीय दलमा गुमाए विश्वास, बानियाँलाई मुख्यमन्त्री बन्ने बाटो खुल्यो

हेटौंडा- बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता एवम् मुख्यमन्त्री बहादुरसिंह लामाले